यस्तो शिवलिङ्ग जहाँ हरेक १२ वर्षमा चट्याङ पर्छ, चमत्कारी शिवलिङ्गको दर्शन गर्नुहोस्

संसारमा धेरै नै आश्चर्यमा पार्ने घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् । केही रहस्यमयी घटनाको वास्तविकता तथा वैज्ञानिक आधर पत्ता लगाउन मुस्किल पर्ने गर्छ। भारतको हिमाचल प्रदेशमा एउटा यस्तै रहस्यमय मन्दिर छ जहाँ मन्दिरभित्र शिवलिङ्ग रहेको छ। हिमाचलको मथान भन्ने क्षेत्रमा रहेको भोलेनाथ मन्दिर रहस्यले भरिएको छ । उक्त मन्दिरमा हरेक १२ वर्षमा चट्याङ पर्दछ । तर त्यसरी चट्याङ पर्दासमेत मन्दिरमा कुनै क्षति हुँदैन । तर मन्दिरभित्र रहेको शिवलिङ्ग भने टुक्रिन्छ ।

त्यहाँका पुजारीहरुले फुटेको शिवलिंगलाई जोड्दछन् र घिउको लेप लगाउँदछन् । ताकि शिवजीले पीडाबाट राहत पाउन सकुन् । त्यसैले यो मन्दिरलाई स्थानीयले ‘मख्खन महादेव’ पनि भन्दछन् । यस अर्थमा उक्त शिवलिङ्ग निकै विशेष र चामत्कारिक मानिन्छ ।

पौराणिक मान्यताअनुसार त्यहाँको विशाल उपत्यका नागको रुपमा रहेको छ, जसको शिवले वध गरेका थिए । त्यसैले हरेक १२ वर्षमा भगवान इन्द्रले भोलेनाथ अर्थात् शिवजीको आज्ञा लिएर उक्त मन्दिरमा चट्याङ पार्दछन् भन्ने मान्यता रहेको छ।चट्यांङ किन पर्छ भन्ने बारेमा अझैसम्म पनि आधिकारिक तथ्य पत्ता लगाउन सकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *