भयाभह बन्दै कोरोना, आज मात्रै थप ५ सय ९४ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै गरेर देशभर कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । नेपालमा शुक्रबार २ सय ४० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।पछिल्लो २४ घण्टामा थप २ सय ४० जनाले कोरोना लाई जितेर फर्किएसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि ,वाग्मती प्रदेशमा ४३ कोरोना संक्रमित थपिए, मकवानपुर,२९ साउन – वाग्मती प्रदेशमा आज अपराह्न २ बजेसम्म ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईँका अनुसार प्रदेशका मकवानपुर, काठमाडौंँ, रामेछापलगायत जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा हालसम्म कोरोना सङ्कमित दुई हजार नाघेका छन् । तीमध्ये १७ जनाको मृत्यु भइसकेको डा सेढाईले जानकारी दिनुभयो ।

गौरीटारमा आइसोलेशन कक्ष स्थापना- जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको आज अपराह्न बसेको बैठकले जिल्लामा कोरोना रोगको प्रकोप बढ्दै गएकाले हेटौँडा उपमहानगरपालिका – ६ गौरीटारस्थित रङ्गशालाको प्रशासकीय भवनमा एक सय शय्याको आइसोलेशन वार्ड आज स्थापना गरिएको छ ।

सो आइसो लेसन कक्ष शुक्रबार बिहान देखि पूर्ण सञ्चालनमा ल्याइने र त्यसको सुरक्षाका लागि नेपाली सेनाको एक टोलीलाई जिम्मा दिइने केन्द्रका अध्यक्ष तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *