दु’र्घटनामा परी क्यानडामा ३ वर्षीय नेपाली बालकको दु:खद नि’धन, बुवा र ७ वर्षिय दिदी घा’इते

काठमाडौं-क्यानाडामा एक नेपाली बालकको सवारी दुर्घटनामा परी मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा ३ वर्षीय नेपाली बालक रायन भट्टराई रहेका छन् । दु’र्घटना गत मंगलबार टोरोन्टो–इटोविकोमा भएको थियो ।

दु’र्घटनामा इटोविको निवासी रमेश भट्टराई र सविना पाठकका छोरा रायनको मृ’त्यु भएको हो । ट्राफिक सिग्नलमा क्रस गर्ने क्रममा उक्त दु’र्घटना भएको हो ।

बाबु रमेशले छोरा रायन र छोरी तारालाई सँगै लिएर बाटो क्रस गर्दै थिए । सोही बेला एक स्थानीय ८२ वर्षीया वृद्धाले चलाएको कारले उनीहरुलाई ठ’क्कर दिएको बताइएको छ ।

बाबु रमेश र ७ वर्षीय छोरी तारा घा’इते भएका छन्। रायनको मृ’त्युले सिंगो क्यानाडाबासी नेपाली समुदाय शो’कमा डुबैको छ । भट्टराई परिवार नेपालको चितवनका स्थायी निवासी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *