देखेको 30 सेकेण्ड फोटो छोई ॐ लेखि शेयर गरौं तपाईले सोचेको काम बन्ने छ।

दाङमा नियमित एकै स्थानमा बस्ने सर्पलाई ‘नाग देवता’ भन्दै पूजा आराधना गर्न थालिएको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरीस्थित थारु गाउँमा विगत झन्डै एक महिनादेखि गोमन सर्प एकै ठाउँमा देखिन थालेपछि त्यसलाई

‘नाग देवता’ भन्दै स्थानीयले पूजाआजा गर्दै आएका छन्। गोमन सर्पलाई ‘नाग देवता’को संज्ञा दिँदै पूजा गर्दै आएका स्थानीयले गाईको दूध र जल पनि चढाउँदै आएको बताए।हाल सर्प देखिएको यो स्थानमा दुई/तीन वर्ष अगाडिसम्म थारु समुदायका देवता भूँयारथान रहेको स्थानीयले जानकारी दिएका छन्।

स्थानीयका अनुसार उक्त गोमन सर्प विगत एक महिनादेखि बिहान ठिक ९ बज्दा दुलोबाट निस्कने गर्छ र एक घन्टापछिदुलो भित्र छिर्छ अनि फेरि ११ बजेतिर त्यसैगरी निस्केर आधा घन्टा जति घाम तापेर फेरि भित्र पस्छ।

७२ वर्षीय स्थानीय हरिराम चौधरीले त्यसलाई डुमेनी सर्प भन्दै मार्न प्रयास गरेपनि संभव नभएको बताए।‘मैले त्यो बस्ने दुलोमा ध्वाँरेर (धुँवा बनाएर) मार्न भनि आगो बाल्न खोजेको थिएँ,तर सकिनँ,’ चौधरीले भने ।

सबैले नाग देवता भन्दै पूजा गर्न थालेका छन्,’ चौधरीले भने, ‘म त अलमलमा परेको छुकि यो साप हो कि नाग हो।’त्यस्तै स्थानीय ५७ वर्षीय दलवीर चौधरीले पनि त्यो सर्पलाई नाग देवता नै भएको दाबी गरे।‘म त शिवको भक्त हुँ,

नित्य पूजा गर्छु त्यसैले मैले हातले सुमसुम्याउँदा समेत उहाँले कुनै प्रतिक्रिया जनाउनु भएन,’ चौधरीले भने।अचम्मैको कुरा के छ भने जहाँ सर्प देखिने गरेको छ त्यहाँ स्थानीयस्तरमा ‘माता’को उपमा पाएका केही महिला र किशोरीहरू आएर काम्ने गरेका छन्।

यसअघि घोराही, खाद्रे र पश्चिम दाङबाट आएका ती ‘माता’हरू पूजा आराधना गर्दै दिनभर काम्ने गरेको सर्वसाधारणले बताए।शुक्रबार बिहान ११ बजेतिर त्यहाँ त्यस्दै दृश्य देखियो। तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ खाद्रै निवासी ‘माता’भनिने ५३ वर्षीया प्रेमा खड्का उक्त गोमन सर्प भएको स्थानमा आउने बित्तिकै काम्न थालेकी थिइन्।

एकैछिनमा उनी बर्बराउँदै ‘नाग देवता’ भन्दै कामेर बर्बराउन थालिन्।केहीबेरमै त्यहाँ उपस्थित स्थानीय ३३ वर्षीय देवराज भट्टराई पनि त्यसैगरी काम्न थाले।त्यहाँ मानिसको भीड झनै थपिदै गयो। त्यहाँ पहिलोपटक पुगेकाहरूले फूल र पैसा चढाएर सर्पको दुलो भएको क्षेत्रमा सम्मान भाव व्यक्त गरिरहेका थिए।

तर यतिबेलासम्म भने सर्प दुलोभित्र पसिसकेको थियो। कोही मानिस दुलो नजिकै गएर पूजा गर्न व्यस्त थिए।स्थानीयहरूले लामो समयदेखि नाग देवता भन्दै यसैगरी पूजा आराधना गर्दै आएको भए पनि विगत दुई तीन दिनयता भने जिल्लाका विभिन्न भागबाट त्यो नाग देवता हेर्न जानेहरूको भीड नै लाग्न थालेको छ।

त्यहाँ पुग्ने भीडले कुल्चेर आसपासमा लगाएको बालीनाली भने नष्ट हुँदै गएको छ।तर पनि आसपासका जग्गाधनी भने त्यो क्षतिलाई नजरअन्दाज गर्दै नाग देवताको उत्पत्ति भएको भन्दै मख्ख परिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *