आज साउन १९ गते जनैपूर्णिमा, हेर्नुहाेस् आजकाे राशिफल

आजमिति २०७७ साल श्रावण १९ गते साेमबार । सन् २०२० अगष्ट ३ । श्रावण शुक्लपक्षकाे पूर्णिमा तिथि। आज जनै पूर्णिमा । प्रमादी नाम सम्बत्सर । सूर्य दक्षिणायन वर्षा ऋतु । उतरषाढा नक्षत्र । चन्द्रमा आज कमर राशिमा । काठमाडौंमा सूर्याेदय बिहान ५:२८ सूर्यास्त साझ ६:५१ बजे।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपुरा कार्य पूर्ण हुनेछन्। रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) जग्गा जमिनको कारोबार गर्दा असल हुने सङ्केत छ। सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ। सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अविभावक वर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्द व्यापार र साझेदारीबाट फाइदा हुनेछैन ।  अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन। सहयात्रीकाे  सल्लाहले गरिएको कामबाट फाइदा हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पठनपाठनमा प्रगति हुनेछ। सभासमारोहमा सहभागी बन्ने मौका छ। आम्दानीका मार्गहरू खुल्ला रहनेछन्। चिन्तन महत्त्वपूर्ण बन्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना छ। व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ। व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ। छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ। दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक जमघटमा मन रमाउनेछ। वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग रहेकाे छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) परिवारबाट असहयोग हुनेछ। व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन सक्छ। नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समाजको नेतृत्व बहन गर्नुपर्ने छ। खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ। जग्गाजमिनको कारोबार गर्दा असल हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *