मलेसियाबाट आएको शव बुझ्न एयरपोर्ट पुगेका नानीबाबुसहित एक परिवार भावविह्वल !

काठमाण्डाै / राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजमार्फत मलेसियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याइएको छ । मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएका अभिभावकको शव जहाजले शनिबार ल्याइदिएपछि त्रिभुवन विमानस्थलमा भावविह्वल भएका साना नानीाबाबुसहित एक परिवार !

निगमको वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो। वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा ज्यान गुमाएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *