आयुर्वेदिक औषधीले ७ दिनमै निको भए ३३ जना कोरोना संक्रमित

काठमाडौं । कोरोनाको खोप अहिले निर्माण भइसकेको छैन । खोप निर्माणका लागि विश्वभरका चिकित्सक र अनुसन्धान जुटेका छन् । खोप निर्माण नहुँदा सम्म कोरोनाको प्रभावसंगै जिवनशैली चलाउनुपर्ने बाध्यता छ । खानपान र जिवनशैलीवाट नै कोरोनालाई पराजित गर्न सकिने विभिन्न अध्ययनवाट देखिएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाएर यसलाई परास्त गर्न सकिन्छ भन्ने अनुसन्धानवाट देखिएको हो ।

त्यसैले आयुर्वेद चिकित्सा पद्धतीलाई अब अनुसरण गर्नुपर्ने सुझाव चिकित्सकहरुवाट आएको छ । हाम्रै गाउँघरमा पाइने जडिवुटी र हामीले परम्परागत रुपमा अपनाउँदै आएको उपचार विधिवाट नै कोरोनालाई परास्त गरिएको उदाहरण कीर्तिपुर स्थित आयुर्वेद अनुसन्धान अस्पतालले देखाएको छ । सो अस्पतालमा भर्ना भएका ३३ कोरोना संक्रमितले ७ दिनमै कोरोना जितेका छन् । उनीहरुलाई आयुर्वेर्दिक तरिकाले औषधी उपचार गरिएको थियो ।

गत असार २५ र २६ गते भर्ना भएका उनीहरूले कोरोना परास्त गरेपछि एक सातामै डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार उनीहरू भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिराधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि चलाइएको थियो । त्यसको ७ दिनपछि ती पिसिआर परिक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

आयुर्वेदिक विधिबाट छोटो अवधिमै संक्रमित स्वस्थ भएपछि यसलाई थप अनुसन्धानका रूपमा प्रयोग गर्ने सोच बनाइएको आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत चिकित्सक अमितमान जोशीले बताए । टोलीमा काया चिकित्सक, पोषणविद्, द्रव्यगुण चिकित्सक, शल्यविज्ञ लगायत मिलेर औषधि छनोट गरिएको थियो । संक्रमितलाई शरीरको प्रतिरक्षा शक्ति बढाउन गुर्जो, पिप्ला, अश्वगन्ध, तुलसी सुतमनीलगायत जडीबुटीका औषधी प्रयोग गरिएको थियो ।
.
भर्ना भएकामध्ये तीन जनामा मात्र सामान्य रुघाखोकी, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउनेजस्ता मध्यम लक्षण देखिएको थियो । अन्य सामान्य अवस्थामा अस्पतालमा भर्ना भएका थिए ।आयुर्वेदिक विधिबाट छोटो अवधिमै संक्रमित स्वस्थ भएपछि यसलाई थप अनुसन्धानका रूपमा प्रयोग गर्ने सोच बनाइएको आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत चिकित्सक अमितमान जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *