गर्भमा भएको शिशुमा पनि देखियो कोरोना भाइरस

काठमाडौँ / गर्भमा भएको शिशुमा पनि कोरोना भाइरसको संक्रमण हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य घटना हो ।

भारतस्थित पुणेको ससून जनरल अस्पतालले एक महिलाको गर्भमा रहेको बच्चामा कोरोना भाइरस पुगेको दावी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पुणेको बीजे मेडिकल कलेज अन्तर्गतको उक्त ससून अस्पतालमा भर्ती भएकी एक गर्भवती महिलालाई डेलिभरी हुनु एक महिना अगाडि रुघा लागेको थियो । डेलिभरीपछि जन्मिएकी उक्त बच्चीमा कोरोना भाइरस संक्रमण रहेको पाइएको हो । मेडिकल टर्ममा यसलाई भर्टिकल ट्रान्समिसन भनिन्छ ।

उपचारपछि अहिले दुवै आमा–छोरी स्वस्थ्य रहेका छन् । अस्पतालका अनुसार बच्चालाई प्लेसेन्टाको माध्यमबाट संक्रमण भएको थियो । भारतमा भर्टिकल ट्रान्समिसनको पहिलो घटना हो । यदि आमा संक्रमित भए कोरोनाको भाइरस गर्भनालबाट प्लेसेन्टामा पुग्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *