इरानले अमेरिकाको डमी युद्धपोत मिसाइल हानेर उडाइदियो

काठमाडौं। इरानले रणनैतिक महत्वको स्ट्रेट अफ हर्मुजमा युटको पूर्वाभ्यासको क्रममा डमी अमेरिकी युद्धपोत मिसाइल हानेर उडाइदिएको छ । यो अभ्यासमा यति शक्तिशाली हतियारको प्रयोग गरिएको थियो कि अमेरिकाले दुई क्षेत्रीय सैन्य बेसलाई आइअलर्टमा राखेको थियो । अमेरिकी जलसेनाले यसलाई इरानको गैरजिम्मेवारीपूर्ण र लापरवाहीपुर्ण व्यवहार भन्दै निन्दा गरेको छ । उसले यसलाई इरानले तर्साउने र जबरजस्ती गर्ने प्रयास गरेको संज्ञा दिएको छ ।

खाडीको समुद्रमा तेहरान र वाशिङटनबीच तनाव बढिरहेका बेला इरानले यस्तो युद्धाभ्यास गरेको हो । बीबीसीका अनुसार यो युद्धाभ्यासलाई ‘प्रोफेट मोहम्मद १४औं’ नाम दिइएको थियो र यसलाई इरानको सरकारी टेलिभिजनले प्रसारण गरेको थियो । डमी युद्धपोत अमेरिकाको त्यस क्षेत्रको समुद्रमा नियमित रुपमा घुमिरहने युद्धपोत जस्तै थियो जसको ल्याण्डिङ स्ट्रिपमा २ डमी लडाकु विमान पनि थिए । त्यसपछि विभिन्न कोणबाट मिसाइल हानियो जसमध्ये केही डमी युद्धपोतमा लक्षित थिए । हेलिकप्टरबाट हानिएको अर्को मिसाइलले वारशिपको अर्को छेउमा हानेको थियो । ब्यालेस्टिक मिसाइल प्रहार भएको थाहा पाएपछि अमेरिकाको युएइ र कतारमा रहेका बेसका सैनिकहरु अलर्टमा बसेको अमेरिकी सेनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *