छाङरुमा सशस्त्रको बीओपी स्थापना भए पछि अत्तालियो भारत, दार्चुला प्रशासनलाई लेख्यो उदेक लाग्दो पत्र (पत्र सहित)

काठमाडौं । नेपाली भुमी मिचेको भारतले कालापानीमा नेपालीलाई प्रवेश दिएको छैन । अझ उदेक लाग्दो कुरा त के भने नेपाललाई नेपालकै भूमीमा घुसपैठ गरेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र समेत पठाएको छ । नेपालीलाई नेपालकै भूमीमा प्रवेश गर्न नदिएको भारतले नेपालको भूमीलाई आफ्नो भन्दै नेपालीले घुपैठ गरेको भन्दै नेपाललाई पत्र पठाएको हो । भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको घुसपैठ बढेको भन्दै त्यताको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेको हो ।

घुपैठका बारेमा सूचना उपलब्ध गराउनु भन्दै पत्रमा लेखेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुरा, गुन्जीलगायतको क्षेत्रलाई भारतको भूमी दावी गर्दै यस्तो पत्र पठाएको हो । भारतले यस अघि नेपालीले प्रयोग गर्दै आएको क्षेत्रमा पनि अहिले प्रवेशमा रोक लगाएको छ । नेपालले भारतले अतिक्रमण गरेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि सिमानामा थप कडाई गरेको छ । नेपालीले यस अघि प्रवेश गर्दै आएका ठाउँमा पनि प्रवेश दिएको छैन ।
सुरक्षाकर्मी पनि नेपाल तर्फ एक किलोमिटर वर सरेर वसेका छन् ।

विभिन्न नेपाली गुटरसमूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्ु पत्रमा भनिएको छ ुजसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुबै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ, ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा गएको वा जान चाहेको कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला।

भारतले जुलाई १४ मा यो पत्र पठाएको भए पनि यसवारेमा अहिले जानकारी सार्वजनिक भएको हो । विगतमा व्याँसी सौँका समुदायलाई आवतजावत गर्न दिने क्षेत्रमा समेत पछिल्लो समय आवतजावतमा पूर्ण रोक लगाएको छ। गत महिना सशस्त्र प्रहरीको छाङरु बीओपीबाट सुरक्षाकर्मीहरुको टोलीले कालापानी क्षेत्रमा जान खोजे पनि भारतीय एसएसबीले डेढ किलोमिटर वरबाटै कालापानी क्षेत्रमा जान नदिने माथिको आदेश छ भन्दै फर्काइदिएको थियो।

व्यास गाउँपालिकाको छाङरुमा सशस्त्रको बीओपी स्थापना भए पछि भारतिय पक्ष अत्तालिएको छ । नेपालकै भूमीलाई आफ्नो भन्दै नेपाललाई प्रवेशमा रोक लगाउनु भन्दै पत्र लेख्नुले भारतको हेपाहा प्रवृत्ती थप बढेको भन्दै स्थानियले विरोध गरेका छन् । माथिल्लो कौवा र तिकंरमा सुरक्षा पोष्ट राख्ने कुरा चल्दा झन भारतीय पक्षले नेपालीहरुलाई हेप्ने गरेका छन्। विगतको जस्तो सीमा क्षेत्रमा मनलाग्दो अतिक्रमण र प्राकृतिक स्रोतको दोहन गर्न नपाए पछि भारतीय पक्ष आत्तिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *