पुरुषहरुको साँचो माया कसरी थाहा पाउने ? जान्नुहोस
हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।
भनिन्छ मायामा नै संसार अडिक छ। साँचो माया त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ। माया आकाश भन्दा असिम छ, सागर भन्दा गहिरो छ, पवन झै चञ्चल अनि सामुन्द्रीक पानी भन्दा कञ्चन छ। माया अपार छ, विशाल छ अनि माया महान छ।
भन्छन प्राय: पुरुषहरुको धारणा महिलाहरुसँग मोजमस्ती गर्ने, जिस्कने, उपयोग गर्ने र छोड्ने हुन्छ । कुनै पनि महिलाले आफूलाई प्रयोग गरेको सहन सक्दिनन् त्यसैले पुरुषले महिलालाई साँचो प्रेम गरेको हो कि नाटक मात्र गरेको हो त भन्ने कुरा थाहा पाउन अत्यन्तै जरुरी हुन्छ । पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु यस प्रकार छन्।
१. मिठो मुस्कान
पुरुषहरु महिलालाई देख्ने बित्तिकै मुसुक्क हाँस्ने गर्दछन् । कुनै पुरुषले एक महिलालाई माया गर्छ भने उसले ती महिलालाई मिठो मुस्कानका साथ हेर्ने गर्दछ ।
२. लजाउनु
यदि कुनै पुरुष तपाईंलाई देखेर लजाइरहेको छ भने उसले तपाईंलाई मनमनै माया गरिरहेको छ भनेर सम्झनुहोस् । तर राम्री महिलाहरु देख्ने बित्तिकै पुरुषहरु लजाउने गर्दछन् किनभने यो उनीहरुको स्वभावभित्र पर्दछ ।
३. छटपटाहट
यदि तपाईं कुनै पुरुषसँग कुराकानी गरिरहनुभएको छ र कुरा गर्ने क्रममा ती व्यक्ति निकै डराएको र बोल्दा हड्बडाउने गरिरहेका छन् र कुरा सुरु गर्न आत्तिरहेका छन् भने भने ती पुरुष तपाईंको मायामा परेको सम्झनुहोस् ।
४. स्पर्श
यदि तपाईंको प्रेमीले तपाईंलाई बारम्बार कुनै बाहानामा स्पर्श गरिरहन्छन् भने उनलाई तपाईं राम्रो लाग्छ । यसमा उनको उद्देश्य भनेको तपाईंको ध्यान उसतर्फ आकर्षित गर्नु हो ।
५. तपाईंको कम्मरमा हात राख्नु
यदि तपाईंको कम्मरमा कुनै पुरुषले हात राख्छ भने यसको सिधा अर्थ उनले तपाईंलाई मन पराउनु हो । यसबाट यो पत्ता लाग्छ कि ती पुरुष निकै आत्मविश्वासी छन् र तपाईंलाई मन पराइरहेका छन् ।
६. आँखा झुकाएर कुरा गर्नु
यदि तपाईंको प्रेमी तपाईंसँग नजर झुकाएर कुरा गर्छन् भने उनले तपाईंलाई माया गर्ने कुरामा ढुक्क हुनुहोस् ।
७. टाउको निहुराउनु
यदि कोहि पुरुषले तपाईंतर्फ टाउको निहुराइरहेको छ र तपाईंले बोलेको कुरालाई ध्यानपूर्वक सुनिरहेको छ भने ती पुरुषले तपाईंलाई निकै मनपराउँछन् र तपाईंसँग कुरा गर्न उनलाई निकै रमाइलो लाने कुरा बुझ्नुहोस् ।
८. नक्कल
कहिलेकाँही पुरुषहरु महिलाको नक्कल गर्ने गर्दछन्, यो पनि उनीहरुको माया गर्ने एक तरिका हो । यो स्वाभाविक हो कि यदि तपाईं कसैलाई मन पराउनु हुन्छ भने उनी जस्तै बन्ने प्रयास गर्नुहुन्छ ।
नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।
मनछुने भिडियो हेर्नुहोला :
यस्ता खालका रोग लागेमा खानपानमा ध्यान पुर्याउनुस् है – यी रोग लागेमा के खान हुन्छ के हुदैन ?
मानिसहरु खानपानमा वेवास्ता गर्छन् जसका कारण विभिन्न रोगहरु लाग्ने गरेका छन् । स्वादका लागि मिठो खाना तर्फ आकर्षित हुँदा विभिन्न रोगहरु लाग्ने गरेका छन् । त्यसैले खानपानमा विशेष ध्यान दिएका समयमा विभिन्न रोगहरुबाट बच्न सकिन्छ भने रोग लागिसकेपछि पनि खानपानमा नियन्त्रण कायम गर्न सकियो भने फाइदा पुग्छ ।
अहिले धेरै नेपाली ग्यािस्ट्रकबाट पीडित छन् । लामो समयसम्म भोकै बस्दा यसले अझ विकराल रूप लिन्छ । भोकै बसेर लामो समयपछि चिल्लो, पिरो, मसालेदार खाने कुरा खाए पेट दुख्न सक्छ । त्यसैले समय–समयमा पानी पिउनुका साथै फलफूल पनि खाइरहनुपर्छ । ग्यास्ट्रिकका बिरामीले बोसोयुक्त रातो मासु खानु हानिकारक हुन्छ । रातो मासुको साटो कुखुरा तथा माछा खान सकिन्छ । ग्यास्ट्रिक पीडितहरूले तारेका खानेकुरा भन्दा पनि उसिनेका तथा बेकगरिएका खानेकुरा खानु उपयुक्त हुन्छ ।
कब्जियत
अन्य खानेकुराको तुलनामा मासु खाँदा कब्जियतको समस्या सिर्जना हुन्छ । यो समस्याबाट जोगिन मासु–भातका साथमा हरियो सागपात, सलाद, खोस्टे मुंगको दाल एवं फलफूल आदि रेसायुक्त खानेकुरा पनि उत्तिकै खानुपर्छ भने पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।
मधुमेह
अहिले धेरै मानिस मधुमेहका रोगी छन् । मधुमेहका रोगीले गुलियो नहालेको खानेकुरा समय–समयमा खाइरहनु आवश्यक हुन्छ । नियमित रूपमा औषधि सेवन गर्नुपर्छ । खाली पेटमा धेरै पिरो–अमिलो खाँदा सुगरको मात्रा वृद्धि हुन सक्छ । मधुमेहका बिरामीका लागि रातो भन्दा पनि सेतो मासु तथा माछा उपयुक्त मानिन्छ ।
सीमित क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । कतिपयले मासुसँगै ड्रिंक्स पनि गर्छन् । अल्कोहल तथा कोल्ड ड्रिंक्समा क्यालोरी शून्य हुन्छ भने त्यसले सुगर बढाउँछ । गेटटुगेदर तथा चाडपर्वमा दुई चार पिस सुगरफ्रि मिठाईं खान सकिन्छ ।
मुटु रोगी
मुटु रोगीले आफ्नो स्वास्थ्यलाई ध्यान नदिई चिल्लो तथा पिरो खानेकुरा बढी खाए उच्च रक्तचाप हुनुका साथै स्ट्रोकसमेत हुनसक्छ । मुटुको नसा साँघुरिएका बिरामीले रातो मासु खानुहुँदैन । धेरै क्यालोरीयुक्त, चिल्ला, पिरा, अमिला खानेकुरा बानुपर्छ । मुटुका रोगीले कुखुरा तथा माछा ग्रिल गरेर खानु उपयुक्त हुन्छ ।
युरिक एसिड
धेरैलाई रातो मासु मीठो लाग्छ । युरिक एसिडका बिरामीले रातो मासु खानुहँुदैन किनभने यसमा रहने प्युरिन कन्टेन्टले युरिक एसिड बढाउँछ । दाल तथा गेडागुडी पनि सीमित मात्रामा खानुपर्छ । उच्च प्रोटिनका कारण युरिक एसिड बढ्छ परिणामस्वरूप गोली गाँठा सुन्निन्छ । युरिक एसिड भएकाहरूले माछा खानुपर्छ भने पानी पनि प्रशस्त मात्रामा पिउनुपर्छ ।
कलेजो
खानेकुरा पचाउन कलेजोले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले कलेजोलाई असर पार्ने खानेकुरा अल्कोहल, मासु आदि खाँदा यसका दीर्घरोगीले विशेष सावधानी अपनाउनुपर्छ । कलेजोका बिरामीले चाडपर्व, गेटटुगेदर तथा अन्य समयमा पनि बढी प्रोटिनयुक्त खानेकुरा खानुहुँदैन ।
थाइराइड
अहिले धेरै महिलामा थाइराइड देखिने गरेको छ । थाइराइड पुरुषको तुलनामा महिलालाई बढी भएको पाइन्छ । थाइराइड भएकाहरूले माछा–मासु खान सक्छन् । थाइराइड भएकाले काउली तथा बन्दाको तरकारी खानुहुँदैन भनिन्छ । नियमित सेवन गरिरहेको औषधि खानुभन्दा दुई घन्टाअघि वा पछि काउली, बन्दा तथा बदाम खान सकिन्छ ।
हाइपरथाइरोइडिज्ममा डायरिया हुने भएकाले रेसायुक्त खानेकुरा नखानु नै वेश हुन्छ । यस्ता बिरामीका लागि हाइ क्यालोरी डाइट उपयुक्त हुन्छ । यसैगरी हाइपोथाइरोइडिज्ममा मेटाबोलिज्म स्लो हुन्छ फलस्वरूप तौल बढ्छ । त्यसैले गुलिया खानेकुरा कम खानुका साथै प्रशस्त व्यायाम गर्नुपर्छ । कम क्यालोरीयुक्त खानेकुरा तथा सलाद बढी मात्रामा खानुपर्छ ।
मिर्गौला
मिर्गौलाका बिरामीले रातो मासु, प्रोटिन तथा पोटासियमयुक्त खाना कम मात्रामा खानुपर्छ । पोटासियम बढे मुटुमा असजिलो हुन्छ भने सास फेर्न गाह्रो हुन्छ । यस्ता बिरामीले गेडागुडी तथा कुरिलो पनि खानुहुँदैन ।
मोटोपन
अहिलेको बदलिँदो जीवनशैलीसँगै धेरैलाई मोटोपन ९ओबेसिटी० को समस्याले सताएको छ । व्यायाम नगर्ने, धेरै गाडी चढ्ने तथा निस्क्रिय जीवनशैलीका कारण पनि यो समस्या सिर्जना भएको पाइन्छ । खाने–बस्ने काम मात्र गर्दा व्यायामको कमी हुन्छ ।
मोटोपन भएकाहरूले तारेको भन्दा पनि उसिनेको मासु खानु उपयुक्त हुन्छ । मासु मात्र धेरै नखाई सागपात पनि उत्तिकै खानुपर्छ । खाने–बस्ने मात्र नगरी कामका साथै हिँडडुल एवं शारीरिक व्यायामसमेत गर्नुपर्छ ।
दम
दम भएकाहरूले चिल्लो, मसालेदार एवं तारेका खानेकुरा खानुहुँदैन । दमका रोगीले चिसो पेय पदार्थ तथा फ्रिजमा राखिएको खानेकुरा पनि खानुहुँदैन ।
रक्तअल्पता
धेरै महिलालाई रक्तअल्पताले सताउँछ । रक्तअल्पताबाट जोगिन कलेजो खानु उपयुक्त हुन्छ । कलेजोमा प्रशस्त आइरन हुन्छ । यसैगरी फलामको भाँडामा पकाइएको खानेकुरा तथा कालो दाल खाँदा पनि आइरन प्राप्त हुन्छ ।
कोलेस्ट्रोल
कोलेस्ट्रोलका बिरामीले रातो मासु, कलेजो तथा फोक्सो खानु हुँदैन । गेडागुडी, कुखुराको मासु तथा माछा नतारी थोरै तेलमा बेक गरेर खानु वेश हुन्छ । हरिया तरकारी तथा सागपात प्रशस्त मात्रामा खानुपर्छ ।
यहाँ केहि थप सम्बन्धित जानकारी पस्केका छाैँ
हड्डी के हो ? के रोग लाग्छ हड्डीमा ? यस्ता छन् लाग्ने रोगहरू
हड्डी के हो ?
कुनै पनि प्राणी चलायमान हुन हड्डी अथवा त्यसको समग्र रुप अस्थिपञ्जर जरुरी हुन्छ। हाडले शरीरलाई एउटा आकार दिन्छ। हाडले मात्रै केही हुन सक्दैन। त्यसलाई चलायमान वा गतिशील बनाउन जोर्नी आवश्यक हुन्छ ।
हाडजोर्नी विशेषज्ञ डा बुलन्द थापा भन्छन्, ‘जोर्नीले हाडलाई चलायमान हुन मद्दत गर्छ। जोर्नी चलाउन अथवा हाडलाई गतिशीलता प्रदान गर्न मांसपेशीको आवश्यकता हुन्छ। मांसपेशीलाई चलाउन पनि नसाको आवश्कता पर्छ।’
चिकित्सकहरु हाडको संरचनालाई जीवशास्त्रीय रुपमा व्याख्या गर्छन् । उनीहरुका अनुसार, हाडलाई ‘कनेक्टिभ टिस्युज’ भनिन्छ । अर्थात् क्याल्सियम र खनिज पदार्थ जम्मा गरेकाले नै हाड कडा स्वरुपमा रहेको हुन्छ ।
शरीरका अरु महत्वपूर्ण अंगलाई आफ्नो ठाउँमा राख्न, सुरक्षित बनाउन, चल्न, हिँड्डुल गर्नका लागि आवश्यक पर्ने संरचना नै हड्डी हो । हाडजोर्नी विशेषज्ञ डा. रमेशमानसिंह प्रधान भन्छन्,‘हाडका संरचनाहरु जोर्नी बनाएर जोडिएको हुन्छ र यो चल्न सक्ने अवस्थामा रहन्छ ।’ शिशु आमाको पेटमा रहँदादेखि नै शरीरमा हाडको विकास हुन थाल्छ ।
सुरुमा कुरकुरे खालका नरम हाडहरुको विकास हुन्छ । कतिपय अंगका हाडहरु विभिन्न खनिज पदार्थ लिएर विकास भइसकेका हुन्छन् र शिशु आमाको पेटमा रहँदा नै कडा खालका भइसकेका हुन्छन् । अरु हाडहरु बालक जन्मिएपछि विकास हुन्छ । २ सय ६ वटा हाडमध्ये क्याल्सियम र खनिज पदार्थ लिएर विकास हुन्छ । हाडहरुको बढ्ने भाग बालकको जन्मपछि विस्तार हुन्छ ।
के रोग लाग्छ हड्डीमा ?
हाडजोर्नी तथा नसामा विभिन्न खालका रोगहरु देखा पर्ने खतरा उत्तिकै रहन्छ । बालक जन्मेदेखि जीवनपर्यन्त विभिन्न रोग लाग्न सक्छन् । बालबालिका, युवा तथा वृद्धावस्थामा यसको असर फरक–फरक हुन्छ । कतिपय रोग जन्मजात नै सिर्जना भएका हुन्छन् भने कतिपय समस्या दुर्घटनापछि आउँछन् । केही रोग भने मानिसको दैनिकी र 18 आदिका उपज हुन्छन् ।
हाडजोर्नी विशेषज्ञ डा बुलन्द थापा हाडसम्बन्धी रोगलाई सात तहमा वर्गीकरण गर्न सकिने बताउँछन् ।
१. कन्जिनेन्टल
जन्मिँदादेखि नै हाडसम्बन्धी संरचनामा समस्या भएकोलाई यस वर्गमा राखिन्छ । हाड सानो हुने, हड्डीको वृद्धि नहुने, बाङ्गो तथा कमजोर हुने खालका समस्या यसमा रहन्छन्। वंशाणुगत समस्या नै यस रोगको प्रमुख कारण हो।
२. डेभलपमेन्टल
बच्चाहरुको विकास हुने क्रममा देखा पर्ने रोगहरुलाई ‘डेभलपमेन्टल’ भनी वर्गीकरण गरिएको हुन्छ। यस्ता रोग बालबालिका जन्मिएपछि विकास हुने क्रम वा बढ्ने क्रममा देखा पर्छन्। कहिलेकाहीँ हड्डीको विकास हुँदाहुँदै बीचमा रोग देखिन सक्छ। हड्डी, नसा वा मांसपेशीमा यो खालको समस्या देखिन सक्छ।
३. मेटाबोलिक
शरीरलाई आवश्यक पर्ने तत्वहरु नपुगेका कारण लाग्ने रोगहरु यस वर्गमा पर्छन्। हाड वा समग्रमा अस्थिपञ्जरको विकासका लागि आवश्यक पर्ने क्याल्सियम, फस्फोरस, मिनरल नपुगेमा यस्तो समस्या देखिन्छ। मजबुत हाडका लागि शरीरमा जुन तत्व आवश्यक पर्ने हो, त्यसको न्यूनतम उपलब्धता नहुँदा यस्ता रोग देखा पर्छन्।
४. ट्रमाटिक
चोटपटक वा दुर्घटनाजन्य कारणले देखा पर्ने हाडसम्बन्धी समस्या ‘ट्रमाटिक’ हुन्। हाडजोर्नीमा असर गर्ने, मासु च्यातिनेजस्ता समस्या हुन्छन्।
५. इन्फेक्सन
संक्रमणका कारण पनि हाडसम्बन्धी रोगको समस्या देखिन सक्छ । हड्डीलगायत मासु पाक्न सक्ने खालका समस्या हुन्छन् । यस्ता रोग दुई प्रकारमा विभाजन गरेर अध्ययन भएको पाइन्छ, ‘नन्स्पेसिफिक’ र ‘स्पेसिफिक’ । ‘नन्स्पेसिफिक’मा कारणबिनै संक्रमण हुने र हाडमा समस्या आउने हुन्छ । इन्फेक्सनमा भने अन्य रोगका कारण हाडसम्बन्धी समस्या देखिन्छ । कुष्ठरोग र त्यसले हाडमा गर्ने असर यसको उदाहरण हो । थाइराइडको समस्या भएकाहरुलाई पनि हाडको समस्या निम्तिन सक्छ ।
६. इन्फ्लामेसन
बाथ रोग लागेर हाडजोर्नी बिग्रिनेलगायतका समस्या हुन्छन् । हात/खुट्टाहरु दुख्ने समस्या यसमा पर्छन् । टिबीका कारण पनि हाडमा असर हुन्छ । ब्रोसेलोसिस, पोलियो (जसलाई हामीले भाइरल इन्फेक्सन पनि भन्छौं) जस्ता रोग देखिन सक्छन् । बच्चालाई हुने पोलियो ‘भाइरल इन्फेक्सन’ हो, जसले अस्थिपञ्जरमा पनि असर गर्न सक्छ। पोलियो
के खाएमा हड्डी बलियो हुन्छ ? जान्नुहोस्
साग
हरियो सागपात तथा कोसे तरकारीहरुमा पर्याप्त क्याल्सियमका साथै भिटामिन समेत पाइन्छ । यस्ता सागपात र तरकारीले हड्डीमा लवणहरुको घनत्व बढाउँछ ।
बदाम
बदाम, ओखर जस्ता खानेकुराहरुमा प्रसस्त मात्रामा क्याल्सियम र पोटासियम पाइन्छ । साथै यस्ता खानेकुरामा उपयोगी फ्याट्टी एसिड पनि पाइन्छ जसले हड्डीको क्षयिकरण रोक्न मद्दत गर्छन् र हड्डीको निर्माणमा सघाउ पुर्याउँछ ।
माछा, मासु र अण्डा
माछा, मासु र अण्डा पनि हड्डी स्वस्थ राख्न खानुपर्ने महत्वपूर्ण खानेकुराहरु हुन् । यसले हड्डीलाई मजबुत बनाउनुका साथै हड्डीको विकाशमा समेत सहयोग पुर्याउँछ ।
दुध
दुधमा प्रसस्त मात्रामा क्याल्सियम पाइनुका साथै भिटामीन डी पनि पाइन्छ । दिनको एक गिलास दुध पिउनु हड्डीको मजबुतीका लागि महत्वपूर्ण हुने विज्ञहरु बताउँछन् । दुधका साथै दही, तथा चिजको सेवन पनि नियमित गर्नु राम्रो हुन्छ ।
केरा
हड्डीको स्वास्थ्यका लागि केरा निकै लाभदायी फल हो । केरामा प्रसस्त मात्रामा क्याल्सियमका साथै पोटासियम लवण पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै प्रोटिनको सस्लेषण बढाउने र शरीरबाट क्याल्सियम क्षय हुने दर घटाउँछ ।
पनीर
पनीरमा प्रसस्त मात्रामा क्याल्सियम हुन्छ । यसको सेवनले शरीरमा क्याल्सियमको कमी हुनबाट बचाउँछ । र हड्डी र दाँत बलियो बनाउन मद्दत गर्छ ।
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।
साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।