काठमाडौंको अति ब्यस्त असन र कालिमाटिका ब्यापारीमा कोरोना पुष्टि

काठमाडौं । शुक्रवार कोरोना पुष्टि भएका काठमाडौंका १६ जना मध्य दुई जना काठमाडौंकै अति ब्यस्त र भिडभाड हुने क्षेत्र असनमा पसल गर्दै आएका महिला र पुरुष भएको खुलेको छ । उनीहरु असनका ब्यापारी हुन् । भारतवाट केही दिन अघि मात्र फर्किएका उनीहरुमा कोरोना पुष्टि भएको हो । भारतवाट आएपछि पनि सामान्य स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाई परिवारमा घुमिल भएर बसेका उनीहरुका परिवारका सदस्यलाई समेत कोरोनाको लक्षण देखिन थालेपछि परिक्षण गराइएको थियो ।

भारतवाट फर्किएकी महिलाका परिवारका सदस्यमा रुघा खोकी ज्वरो लगायतका लक्षण देखिएपछि पिसिआर परिक्षण गराउँदा उनीहरुको रिपोर्ट पनि पोजेटिभ आएको थियो । महिलाको परिवारका सदस्यमध्ये दिदी र भाइलाई कोरोनाको लक्षण (ज्वरो, सुक्खा खोकी र सास फेर्न गाह्रो हुने) देखिएपछि पीसीआर परीक्षण गराउँदा नतिजा पोजिटिभ देखिएको हो ।

यसमध्ये ती दिदीभाइसहित नौ जनालाई लक्षण देखिए पछि स्वास्थ्य जाँच गराइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमप्रसाद कोइरालाले घटनाको पुष्टि गरेका छन् । कोइरालाका अनुसार बिहीबार पनि १० जनामध्ये २ जनामा लक्षण देखिएको थियो । एक जना कालीमाटीमा तरकारी पसल गर्ने पुरुष हुन् ।

उनी पनि भारतबाट फर्केका हुन् । त्यस्तै, बाराका एक स्वास्थ्यकर्मीलाई ज्वरो देखिएपछि उपचारका क्रममा काठमाडौं आए, परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो । श्रीमतीको स्वाब परीक्षण गर्दा उनलाई पनि कोरोना देखिएको छ ।

दुवैमा कोरोनाको लक्षण पाइएको छ ।सरकारले लकडाउन खुलाउने निर्णय सार्वजनिक भएकै दिन असार ६ मा १५ जनामा कोरोना देखिएकोमा ५ जनामा लक्षण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ४ सय ९ संक्रमितमध्ये २ सय २८ जना सक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *