कोरोना संक्रमण भएर अस्पतालमा रहेका अमिताभ बच्चनलाइ अचानक के भयो ? उनले अस्पतालबाटै भने, ‘मलाई साथ दिनूस् भगवान !’

एजेन्सी – बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको भन्ने खबरमा सत्यता नभएको बताएका छन्। अमिताभले  ट्वीट गर्दै उक्त समाचार गलत, गैरजिम्मेवार र फेक भएको बताएका हुन्। यसअघि भारतीय भारतीय सञ्चारमाध्यमहरुले अमिताभ बच्चनको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको र अब एकदुई दिनमै डिस्चार्ज हुने समाचार सम्प्रेषण गरेका थिए। तर अमिताभले भने ट्वीट गरेर ती समाचारहरु सत्य नभएको भन्दै खण्डन गरेका हुन्।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अमिताभ बच्चन १५ दिनदेखि मुम्बईको नानावती अस्पतालमा उपचाररत छन्। उनको परिवारका चार जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। बच्चन परिवारमा अमिताभका साथै अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन तथा अभिषेक र ऐश्वर्याकी छोरी आराध्यालाई कोरोना संक्रमण भएको छ। उनीहरु सबैको नानावती अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा रहेपनि अमिताभ सामाजिक सञ्जालमा सक्रिय रहेका छन्।

यसै क्रममा अमिताभका अनुसार अझै उनीहरुको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छैन । दुई साताअघि कोभिड १९ बाट संक्रमित भएका उनीहरुको स्वास्थ्य सामान्य रहे पनि कोरोनाबाट मुक्त भइसकेका छैनन् ।

तर अमिताभ बच्चनले हालै इन्स्टाग्राममा पोस्ट गरेको प्रार्थनाले चर्चा पाएको छ । उनले आफ्नो स्वास्थ्य लाभका लागि भगवानसँग प्रार्थना गरेका छन् । मानिसको भीडसहितको फोटो पोस्ट गर्दै भगवानलाई लक्षित गर्दै उनले लेखेका छन्, ‘तपाईँले ममाथि उठाउनुभएको आशिर्वादको हातले मलाई हौसला दिन्छ । र यो कहिल्यै गुमाउन चाहन्न म । मलाई साथ दिनूस् भगवान !’ अमिताभको यस्तो प्रार्थनामाथि उनका करोडौं शुभचिन्तकहरुले चिन्ता व्यक्त गरेका छन् । साथै अधिकांशले बच्चन परिवारको स्वास्थ्य लाभको कामना गर्दैआएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *