आज देखि फेरि लकडाउन , प्रशासनले कडाई गर्ने

सुनसरी ।पिसिआर परिक्षणका क्रममा सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै सुनसरी प्रशासनले लकडाउन गर्ने निर्णय गरेको छ ।प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको आपतकालिन बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालबाटै लागु हुने गरी इनरुवा क्षेत्रमा पूर्ण लकडाउन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।कोरोना पोजेटिभ भेटिएका व्यक्ति नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् । मोरङ जिल्ला कार्यक्षेत्र भएका संक्रमित पुरुष सँगको कन्ट्याक आधारमा इनरुवामा लक डाउन गर्ने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।****** यो को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *