आज नाग पञ्चमी, नाग देवताको यसरी पुजा गर्नुहोस शुभ फल प्राप्त हुन्छ बिधि सहित !

हरेक वर्ष श्रावण शुक्ल पञ्चमी तिथिलाई नाग पञ्चमी पर्वका रुपमा नागकाे पुजा गर्ने शास्त्रीय नियम रहिआएको छ । यसवर्ष श्रावण १० गते शनिबार नाग पञ्चमी पर्व परेकाे छ । शास्त्रीय विधिअनुसार पुजागरिएकाे नागकाे प्रतीक घरकाे मुख्य द्वारमा टासेमा बर्षभरि नै नाग अर्थात् सर्पाकाे भय नहुने शास्त्रमा उल्लेख गरिएको छ ।भगवान् शिवकाे प्रिय महिनाका रुपमा श्रावण महिनालाई लिने गरिन्छ । शिवजीकाे गलामा गहनाका रुपमा निवास गर्ने नाग देवताकाे पुजा तथा आरधना गरेमा समस्त बन्धनबाट मुक्ति मिल्ने पनि शास्त्रमा उल्लेख गरिएको छ ।शास्त्रमा उल्लेख भएअनुसार त्रेतायुगमा लंकाका राजा रावणका छाेरा मेघनाथले राम तथा लक्ष्मणलाई नाग पासमा बाधेकाे कुरा रामायणमा उल्लेख गरिएको छ ।नागपास सबैभन्दा शक्तिशाली पाश हाे । मानिस जन्मिएको समयमा पनि नगकाे दाेष हुने गर्दछ । यस्ताे दाेषमा जन्मिएको समयमा जीवनमा हरेक समस्या देखा परिरहन्छ गर्न लागेका कुनै पनि कार्य सिद्धि हुदैन पारिवारिक समस्या पनि भैरहन्छ । यस्ताे अवस्थामा बिधिपूर्वक नागकाे पुजा गरेमा हरेक प्रकारका समस्याबाट छुट्कारा पाउनका लागि विशेषगरी अष्टनागकाे पुजाकाे विधान शास्त्रमा उल्लेख गरिएको छ । अनन्त,वासुकी,पद्म,महापद्म, तक्षक,कुलिक,कर्कट,शंखचूड गरि अष्टनागकाे विशेष गरि पुजाकाे विधान उल्लेख गरिएको छ ।श्रावण महिनामा नागकाे उत्तर दिशामा शिर हुने गर्दछ ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *