भाग्यमानी हात्ती राम लक्ष्मण नेपाल मै जन्मिएका हुन, कसरी राखियो त नाम हेर्नुहोस्..
९ साउन, चितवन । हात्तीले जुम्ल्याहा सन्तान जन्माउनुलाई विश्वमा निकै दुर्लभ घटना मान्ने गरिएको छ । गर्भाधान भएको १८ महिनामा बच्चा जन्माउने हात्तीले प्रायःजसो एक छावा मात्रै जन्माउछ ।तर, झण्डै १२ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा पालिएको देवीकलीले एकै बेतमा पाएकी थिई राम लक्ष्मणलाई ।चितवनमा २०४२ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा जुम्ल्याहा हात्ती जन्मेको यो पहिलो घटना थियो । अहिले यिनै राम लक्ष्मणको तस्वीर नेपालमा प्रचलन हुने एक हजारको नोटमा राखिएको छ । अहिलेको तस्वीर उनीहरु पाँच बर्षको उमेर हुँदाको हो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******