कुवेतमा ३३ नेपाली कामदार अलपत्र, कम्पनीले पाँच महिनादेखि तलव नदिएपछि भोकभोकै ! (भिडियाे सहित)

दोहा / कोरोनाको कारण कम्पनीले लिएको साइट बन्द भएपछि कुवेतको जिलिपमा बिगत पाँच महिनादेखि ३३ नेपाली कामदार अलपत्र परेका छन् । कुवेतको अल रकीब बिल्डिंग कंस्ट्रक्शन कम्पनी कार्यरत ३३ जना नेपाली कामदार लामो समयदेखि भोकभोकै बस्न बाध्य भएको पिडितहरु मध्ये रोल्पाका प्रकास मगरले जानकारी दिएका छन् । म्यानपावर कम्पनीले उनीहरुबाट प्रतिव्यक्ति १ लाख ६० हजार रुपैयाँ लिएको थियो । तर कुवेतमा पाँच महिनासम्म पनि काम, दाम र माम नपाएको उनीहरुको गुनासो छ ।

पिडित नेपालीहरुका अनुसार कोरोना संक्रमण बढेपछि कुवेत सरकारले गरेको लकडाउनको बेला पनि कम्पनीले काम लगाएर पैसा नदिए उनीहरुको भनाइ छ । कम्पनी प्रसाशनले आज दिन्छु भोली दिन्छु दुई महिनाको एकै पटक दिन्छु भनेर झुक्याउने गरेको गुल्मीका बिनोद महतले बताए ।

सप्लाईको काम बन्द भएपछि उनीहरुलाई कम्पनीले वेवास्ता गरेको कारण आफूहरु अलपत्र परेको पीडितहरुले बताएका छन् । उक्त कम्पनीमा कार्यरत कामदारहरुले नेपालबाट आउदा तोकिएको तलव लगायत सेवा सुविधा समेत नपाएको बताएका छन् । म्यानपावर कम्पनीले उद्धार गर्न कुनै पहल र सहयोग नगरेको कारण आफूहरुको अवस्था दयनीय बनेको पीडितहरुले बताएका छन् । हाल उनीहरुले प्रयोग गर्दैआएको पानी र बिजुलीको लाइन समेत काटिएकोले समस्या थपिएको बताएका छन् ।

उनीहरुका अनुसार कम्पनीले तलव नदिएपछि दुई महिनादेखि आफूहरु एसी बिनाको कोठामा नै बस्‍न बाध्य भएको कामदारको गुनासो छ । उनीहरुले आफूहरुको समस्या नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावास लगायत सम्बन्धित निकायसम्म पुर्याइदिन विभिन्न संचार माध्यमलाई अनुरोध गरेका छन् । कुवेतमा रहेको नेपाली दूतावासले समेत आफ्नो कुरा नसुनेको उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *