सप्तकोशीले चतरामा फेरी नाघ्यो वार्निङ लेवल

इनरुवा / सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव देखिएको छ । नदीले चतरा मापन केन्द्रमा सर्तकर्ता लेवल पार गरेको छ ।
पछिल्लो मापन अनुसार चतरामा कोशीको बहाव ६ दशमलव १३ मिटर पुगेको छ । क्रमशः चतराको मापनमा वृद्धि हुँदै गएको छ ।
राती सर्तकर्ता तह पारी गरी बिहान बाट कमी आएको चतराको बहाव घटेर एक घण्टा अघि ५ दशमलव ८१ मिटरमा झरेको थियो । यद्यपी विस्तारै माथि चढ्ने क्रममा देखिएको बहावले यतिबेला वार्निङ लेबल पार गरेको छ ।

चतरामा ६ मिटर पानीको तहलाई सर्तकर्ता र ७ मिटरलाई खतरा मान्ने गरिएको छ । नदीको जल स्तरले सर्तकता तह पार गरेसँगै पूनः प्रशासनले तटीय क्षेत्रमा सर्तकर्ता अपनाउन भनेको छ । स्थानीय तहले विपद पूर्व तयारी बारे सरोकारवाला बिच छलफल डाकेको छ ।

नदीले केही स्परहरुमा क्षति पुर्याउन थालेको सूचनाका आधारमा प्रहरी प्रशासनको टोली अनुगमनकालागि त्यसतर्फ गएको छ ।
माथिल्लो भेगमा नदीको जलस्तर बढेकाले कोशी ब्यारेजमा समेत पानीको बहाव थप बढ्न सक्ने अनुमान गरिएको छ ।

बिहानको तुलनामा ब्यारेजमा पानीको मापनमा कमी आउन थालेको भएपनि माथिल्लो भेगमा बहाव वृद्धि भएसँगै त्यसको असर ब्यारेजको मापनमा समेत पर्ने सम्भावना बढाएको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीको बहाव ३ लाख २७ हजार ७ सय ८० क्यूसेक प्रतिसेकेण्ड रहेको छ । कोशी ब्यारेजका ४५ ढोका खोलिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *