खासाकाे ‘केरुङ च्छो’ ताल फुट्ने जोखिम, भोटेकोशीमा आकस्मिक बाढी आउन सक्ने

काठमाडौं / चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल अविरल वर्षाका कारण फुट्ने जोखिम भएपछि भोटेकोशी नदी किनारको बस्तीका नागरिकलाई सुरक्षित बस्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निर्देशन दिएको छ । खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल अविरल वर्षाका कारण फुट्ने जोखिममा रहेको भन्दै प्रशासनले नागरिकलाई सुरक्षित ठाउँमा लैजाने व्यवस्था मिलाउन विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको हो ।

ताल फुटे सिन्धुपाल्चोकका भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिका लगायतका स्थानीय तहमा क्षति पुग्ने छ । पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आई नदी किनारको बस्तीमा ठूलो क्षति पुर्‍याउन सक्ने भन्दै प्रशासनले सूचना जारी गर्दै सतर्क रहन सचेत गराएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *