पेन्सन आउछु भन्थे तर कहिल्यै नउठने गरी जम्मु कश्मिरमा ढलेछन् दीपक

भारतको जम्मु–कश्मिरमा भएको घटनामा परी गुल्मीका एक युवाको निधन भएको छ। भारतीय सेनामा कार्यरत गुल्मी छत्रकोट गाउँपालिका वडा नं. ५ खज्र्याङ घर भएका गोर्खा हवल्दार दीपक कार्कीको पाकिस्तानी सेनाले गरेको गो लाबा रीमा परीनिधन भएको भन्ने खबर भारतीय सेनाबाट आएको उनको परिवारले जनाएको छ।

उनी सोमबार बिहान साढे ५ बजे तिर पाकिस्तानी सेनाले गरेको परी गम्भीर घाइते भएका थिए । घटनामा परि गम्भीर घाईते भएका कार्कीको केही घण्टामै उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष नर्मदा भण्डारीले पाकिस्तानी सेनाले कश्मिरमा गरेको घटनामा परि कार्की छत्रकोट वडा नं ५ खज्र्याङका शालिकराम कार्कीका छोरा भएको जानकारी दिइन्। १८ वर्ष अघि भारतीय सेनामा भर्ती भएका ३८ वर्षिय कार्की हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राम बस्दै आएका थिए । कार्कीका ९० वर्षीय बुवा, श्रीमती २ छोरी र एक जना छोरा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *