साउनको पहिलो सोमबारमा नै नखुल्ने भयो पशुपतिनाथ मन्दिर, कारण यस्तो रहेको छ जान्नुस

साउन ५ , काठमाडौं : साउनको पहिलो सोमबार आज    दर्शनार्थीका लागि कोरोना भाइसको जोखिमका कारण बन्द गरीयको हो । चैत  १ बाट नैै बन्द रहेको पशुपतिनाथको मन्दिर आज पनि नखुल्ने भएको हो ।

सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, लगायत ठाउँ नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार पनि दर्शनार्थीका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिए ।

उनले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गरेका छन् । हिन्दुहरूको धार्मिक स्थल पशुपतिनाथ मन्दिर विगतमा साउन महिनामा दर्शनार्थीहरुको धेरै भिड हुने गरेको भए पनि कोरोनाको कारण यस पटक सरकारको निर्देशन अनुुसार सर्ब साधरणको लागी भने नखुल्ने भयको छ । यस्तै

आरती भने नियमित भैरहेको जानकारी पनि उहाले दिनुभयो । यसअघिका वर्षमा सोमबारमा पशुपतिमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दथ्यो । यस्तै पशुपति मन्दिरमा हुने नियमित नित्य पूजा भने भोलि पनि हुनेछ । लकडाउनको बेला दर्शनार्थीका लागि पशुपति मन्दिर नखुलाए पनि मन्दिरमा हुँदै आएको पूजा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *