को रोना कहरका कारण साउनको पहिलो सोमबार प्रभावित, शिवालय सुनसान, पशुपतिनाथ नखुल्ने !

केही मन्दिरमा सामाजिक दुरी र सावधानी अपनाएर भक्तजनले ल्याएका फूलप्रसाद पुजारीमार्फत चढाउने व्यवस्था मिलाइएको छ । काठमाडौं पशुपतिनाथ, कोटेश्वर, गोपालेश्वर, गोकर्णेश्वर, त्रिपुरेश्वर, नागेश्वर तथा भक्तपुरको डोलेश्वर, अनन्तलिंगेश्वर, साँगा महादेव, सुवर्णेश्वरलगायत मन्दिरमा खासै चहलपहल देखिएको छैन ।यता, ललितपुर पाटनस्थित कुम्भेश्वर, सुनाकोठीको भृंगारेश्वर, ठेचो ढल्केश्वर, लेले तिलेश्वर र पशुपतिनाथ, झरुवाराशीको सन्तानेश्वर, चापागाउ“को जीवनेश्वर, लुभु गोब्राटेश्वर र गोटीखेल कालेश्वरमा नित्यपूजामात्र हुने भएको छ ।
पशुपतिनाथ नखुल्ने:सरकारले लकडाउनको मोडल खुकुलो गरे पनि मठमन्दिरलगायत भीडभाड हुने धार्मिकस्थल खोल्ने निर्णय नगरेकाले पशुपतिनाथ मन्दिर नखोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।कसैको आस्था, विश्वासमा ठेस या आघात पु¥याउने आशय नभए पनि परिस्थितिले बाध्य बनाएको ढकाल बताउ“छन् । यद्यपि, पशुपतिनाथ मन्दिरमा भट्टलगायतका पूजारीबाट नित्यपूजा भने भइरहेको उनले जानकारी दिए ।
साउने सोमबारका दिन भक्तजनले शिव भगवानको भजनकिर्तन र स्तुति गर्दै व्रत बसेर बोलबम भर्ने चलन पनि छ । यसदिन बिहानैदेखि पहेंलो वस्त्र लगाएर शिव भगवानको व्रत बसेर घल्चा या घैलामा भरेको पानी टाउकोमा राखेर शिवालयसम्म बोलबम भर्ने चलन छ ।तर, संक्र म णकालीन अवस्थाका कारण काठमाडौं सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउन सम्भव नभएको कोषले जनाएको छ ।
यसपाली ५, १२, १९ र २६ साउन गरी ४ वटा सोमबार परेका छन् । यसदिन व्रत बसेर भगवान शिवको ध्यान गरी पुजाअर्चना गर्ने चलन छ । हिन्दू धर्मावलम्बी महिला व्रत बसेर पतिको सुस्वास्थको कामना गर्ने गर्छन् भने अविवाहित सुयोग्य वर प्राप्तिका लागि व्रत बस्ने जनविश्वास छ ।साउने सोमबारको व्रत बस्नाले चिताएको पुग्ने धार्मिक विश्वास छ ।
हातभर मेहन्दी, हरियो र पहेंलो चुरा र हरियै वस्त्र लगाउने चलन पनि बढ्दै गएको छ । तर, कोरोना प्रभाव भएकाले यी वस्तु प्रयोगमा समेत कमी आउने आँकलन गरिएको छ ।परम्परादेखिकै व्रत भए पनि पछिल्लो समय साउने सोमबारको व्रत धर्म र आस्थाका लागिभन्दा फेसन र देखावटी होडबाजीतर्फ गएकोप्रति संस्कृतिविद् एवं धर्मका अनुयायी चिन्तित देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *