सुनसरीमा नेपाल प्रहरी र भारतीय समूहबीच गोली हानाहान

काठमाडौं। सुनसरीको सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी भारतीय समूहबीच गोली हानाहान भएको छ। सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले सुनसरीको देवानगञ्जमा गोली चलेको जानकारी दिए। उनले २ जनालाई गोली हानी नियन्त्रणमा लिएको बताए। घटना बिहीबार अबेर साढे ८ बजेपछि भएको एपी थापाले जानकारी दिए।

हतियार बोकेको समूह रहेको थाहा पाएपछि देवानगञ्ज पुगेको प्रहरीमाथि सो समूहले गोली चलाएको एसपी थापाले बताए। सो समूह गोली चलाउँदै दशगजातर्फ गएकोसमेत उनले बताए। प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल, ६ राउन्ड गोली र २ वटा म्यागजिन बरामद गरेको जनाएको छ।

सो समूहमा एसपी थापाले नेपाली र भारतीय हतियार तथा लागु औषध तस्करहरु रहेको बताए। उनले भने, ‘यो समूह हतियार र लागु औषधको तस्कर हो। केहीलाई नियन्त्रणमा लिएका छौं। सर्च जारी छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *