धरानमा शिव शक्ति स्वरूप, बोलबम मेला हुने, नहुने बारे यस्तो छ तयारी…

धरान / विश्व महामारीको रुपमा फैलिएको कोराना संक्रमणणको जोखिमलाई मध्यनजर गरी यस बर्ष बोलबम मेला नहुने भएको छ ।

शुक्रबार इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, पिण्डेश्वर बाबाधाम समिति, धरान उपमहानगरपालिका, धरान उपमहानगरपालिका वडा नंं १४ को पिण्डेश्वर मन्दिर प्रांगरणमा बसेको छलफलले कोरोनाका कारण बोलबम मेला नगर्ने निर्णय भएको हो ।

छलफलका क्रममा बोल्दै इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले भक्तजनहरुको धार्मिक अस्थालाई ठेस नलगाई कारोनाको जोखिम न्यूनिकरणका लागि यसपटक बोलबम मेला नलगाउने निर्णय भएको बताए ।

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बोलबम मेला नलगाए पनि भक्तजनहरु आउने सम्भावना धेरै भएकाले सूचना जारी गर्दै पहिलो सोमबार बोलबम भक्तजनहरुलाई सम्झाउने बुझाउने काम गरिने बताए । उनले पनि भक्तजनहरुको धार्मिक आस्थालाई ठेस नपुग्ने गरी कोरोनाको जोखिम न्यूनिकरण गर्न यसपटक बोलबम मेला नलाउने निर्णय भएको उनले बताए ।

विश्वलाई तहसनहस बनाएको कोरोना भाइरस संक्रमण रोक्न नेपाल सरकारले गरेको जोखिम न्यूनिकरण अनुरुप मन्दिरहरुमा समेत लकडाउन गरेकोले बोलबम मेला नगर्ने निर्णय भएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताए । उनले धरानमा बोलबम शुरु भए यता पहिलो पटक सरकार तथा सम्बन्धित पक्षले बलबोम नलगाउने निर्णय गरेको बताए ।

२०३९ सालदेखि लगातार धरान १४ विजयपुरमा रहेको पिण्डे्श्वर मन्दिरमा सप्तकोशीबाट खाली खुट्टा जल ल्याएर चढाउन शुरुवात गरिएको मानिन्छ । बोलबमको शुरुवात भएदेखि पहिलो पटक सरकारी तथा सम्बन्धित पक्षले बोलबम मेला नलगाउने निर्णय गर्नुपरेको धरान १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *