आजबाट यि ९ राशिको भाग्य परिवर्तन हुने, एकसाथ दुई ग्रहण लाग्दै

काठमाडौं / श्रावण महिनाको प्रारम्भबाटै सूर्य तथा देवगुरु बृहस्पतिले राशि परिवर्तन गरेका छन्  । मिथुन राशिमा भएका सूर्यग्रह बिहीबारदेखि कर्कट राशिमा महिनाभरि गोचर गर्दैछन् । यस्तै २०७६ चैत ४ गतेदेखि देवगुरु वृहस्पति आफ्नो राशिलाई छोडेर शनिको राशि मकरमा गोचर गरिएका थिए ।

वक्री अवस्थामा रहँदै गर्दा शनिको राशिमा नीच अवस्थामा गोचरका क्रममा श्रावण १ देखि पुनः आफ्नै राशिमा धनुमा गोचर गर्न लागेका हुन । एकसाथ दुई ठुला ग्रह सूर्य तथा देवगुरु वृहस्पतिको राशिपरिवर्तनले विशेषगरी समग्र क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अनुमान लगाईएको छ । शास्त्रमा सूर्यले कर्कट राशिमा गोचर गर्ने समयलाई विशेष रुपमा हेरिने गरेको छ ।

अब सूर्य मकर राशिमा नपुग्दासम्म दक्षिणायन हुने छन् । शास्त्रमा दक्षिणायनको समयमा ठूला ठूला धार्मिक अनुष्ठानहरु पनि गर्न नहुने उल्लेख गरिएको छ ।  यसले आर्थिक क्षेत्र बिस्तारै राम्रो हुँदै जाने छ । नीच अवस्थामा रहेको समयमा देबगुरु बृहस्पतिको प्रभावले विशेषगरी ठुला व्यक्तिको सोच नीच रहनाले समय समयमा राजनीतिक तरङ्ग आउने गरेका हो ।

बिहीवारदेखि राशि परिवर्तन गर्दै पुनः आफ्नो घरमा आउन लागेका गुरुको प्रभावले यो विवादास्पद विषयले थप सङ्कट नल्याउने पनि उल्लेख गरिएको छ  । कार्तिक २८ गते पुनः गुरुको नीच राशि मकरमा देवगुरुले गोचर गर्नेछन् । कार्तिक २८ पछि केही संयमता नअपनाएमा अचानक राजनीति परिवर्तन हुने पनि ग्रहगोचरले देखाएको छ ।

अहिलेको विवादास्पद विषयहरु  बिस्तारै सेलाउँदै जाने छ अब कार्तिक २८ सम्म आर्थिक रुपले बहस पाउने छ । सूर्यको राशिले पनि देशमा सकारात्मक संकेत देखिने छ । सेयर बजारमा व्यापक सुधार हुने छ । बाहिरी कारोबार फस्टाउने छ भने कुनै विशिस्ट ब्यक्तिलाई गम्भीर आरोप लागेर जेल तथा पद मुक्त गराउने ग्रहगोचर चलिरहेकाले विशेष सावधानी अपनाउनु पर्ने देखिएको छ । यसको प्रभाव १२ राशिमा पनि फरक फरक तरिकाबाट पर्ने देखिएको छ ।

विशेषगरी बृष, कर्कट तथा मकर राशिहुनेहरुले विशेष सावधानी अपनाउँदै शिवको विशेष पूजा तथा महामृत्युञ्जयको पाठ गरेमा शुभ फलमा वृद्धि हुने उल्लेख गरिएको छ । बाँकी ९ राशिहरुको लागि शुभ फल मिल्ने छ । मेष राशिका लागि भाग्यले साथ दिने छ । त्यस्तै मिथुन राशिका लागि व्यवसायीक यात्रा हुनेछ भने सिंह राशिका लागि मानसम्मान मिल्ने छ ।

कन्याको लागि बाहान सुख, तुलाको लागि पराक्रम बढ्ने छ भने बृश्चिक राशिको लागि कुटुम्ब तथा धन सञ्चय हुने छ । धुनु राशिका लागि कार्य सिद्धिको योग रहेको छ कुम्भ राशिका लागि धनआगमन र मिन राशिका लागि नयाँ कार्य थालनीको योग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *