गणेश देव को दर्शन गर्दै ॐ लेखेर एक Share गर्नुस अधुरो काम बन्नेछ।

यस बर्ष साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर बन्द रहने भएको छ । साउने सोमबार दर्शनार्थीका लागि मन्दिर नखुल्ने भएपछि भक्तजन खुशी छैनन् । सरकारले तोकेको लकडाउन साउन ७ गतेसम्म कायम छ । यसलाई कारण देखाउँदै मन्दिर नखुल्ने भएको हो ।

सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय गरेको छैन । लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँएपनि देवालय जस्ता भीडभाड हुँने ठाँउ सरकारले खुला गरेको छैन ।

महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार हो । यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ । पहिले भगवान शिवका देवस्थलमा सोबार भक्तजनको भीड लागेको लाग्ने गथ्र्यो, यसपालि भने सुनसान छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

साउनको पहिलो सोमबार सधैं पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्दथ्यो ।महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।पहिलेका बर्षहरुमा पशुपति दर्शनका लागि बिहान २ बजेदेखि नै भक्तजनको आगमन सुरु हुन्थ्यो । कोरोनाका कारण यसपालि पशुपतिनाथको मन्दिर भित्र गएर दर्शन गर्न मिल्दैन ।

विगतमा अरु चाड जस्तै साउने सोमबारका दिन पनि दर्शनका लागि तीनतिरबाट भक्तजनको लाइन राखिएको हुन्थ्यो । छ, पूर्वको ढोका विशेष पूजा गर्नेका लागि पश्चिमको ढोका बोलबम यात्रीका लागि छुट्याइएको हुन्थ्यो । यसपटक बोलबम पनि हुने छैन ।साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यो विश्वासमा बिगतमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको हुन्थ्यो ।यसपटक देवघाटमा पनि साउने मेला नहुने भएको छ । नेपालकै पवित्र तीर्थस्थल चितवनको देवघाटमा पनि सोमबारे बोलओम मेला नहुने भएको हो ।बिगतमा आइतबार साँझ देखिनै देवघाटमा मेला भर्न आएका दर्शनार्थीको बिहानैदेखि पूजाआजामा भीड देखिएको गर्दथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *