कुवेतमा कहिल्यै नउठ्ने गरी ढले प्रेम

दोहा : बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । लामो समयदेखि कुवेतमा रहेका पोखराका प्रेम गुरुङको हृदयघातको कारण मृत्यु भएको हो ।
कुवेतको अल मिश्रिफ कार वास कम्पनीमा कार्यरत गुरुङ बसिरहेकै ठाउमा ढलेको र अस्पातल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

मृतकको शवलाई पोस्ट्मार्टमको लागि अस्पातलमै राखेको छ । उनी रक्तचापको बिरामी रहेका थिए । उनको शवलाई कानुनी प्रक्रिया पुरी गरी नेपाल पठाइने दूतावासले जनाएको छ । मृतकको घरमा श्रीमती र एक छोरा रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *