प्रहरीले २५ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं- प्रहरीले २५ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका १९ विश्वम्भरपुर टोलबाट २५ केजी चाँदी सहित स्थानीय वकिल अन्सारीलाई पक्राउ गरेको हो ।

ना६१ प ७२०४ नम्वरको मोटरसाईकलमा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *