खुशीको खबर,भारतीय सुपरस्टार अमिताभ र उनका पुत्र अभिषेकको स्वास्थ्यमा सुधार

एजेन्सी । भारतीय सुपरस्टार अमिताभ वच्चा र उनका पुत्र अभिषेकको स्वास्थ्यमा सुधार आएको छ ।

शनिबार राती कोरोना संक्रमणको पुष्टी भए लगत्तै भारतको मुम्बईको नानावटी अस्पतालको आइसोलेसनमा भर्ना गेरर उनको उपचार सुरु गरे लगत्तै उनीहरुको स्वास्थ्यमा सुधार आएको डाक्टर राजेश पारिखले आजतकसँगको लाइभ कुराकानीमा बताएका छन् ।

डाक्टर पारिखका अनुसार उनीहरु अस्पताल भर्ना भए लगत्तै फेरी स्वार परिक्षण गरिएको छ । अहिले विश्वभर रहेका अमिताभका फ्यानले उनको शिघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । अमिताभको उमेरका कारण धेरै फ्यानहरु भने चिन्तित देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *