ऐश्वर्या राय र उनकी छोरीमा पनि कोरोना पोजेटिभ देखियो

ऐश्वर्या राय वच्चन र उनको छोरी आरध्या बच्चनमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

अमिताभ र अभिषेकको नतिजा पोजेटिभ आएको केही घन्टापछि अन्य २ जनाको पनि पोजेटिभ देखिएको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बलिउड अभिनेत्री एवम् अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या राय बच्चन र छोरी आराध्यामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको हो । समाचार संस्था पीटीआईले दुवै जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छ ।

भारतको महाराष्ट्र राज्यका स्वास्थ्यमन्त्री राजेश टोपेले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै दुवै जनामा सङ्क्रमण पुष्टि भएको बताएका छन् ।

ऐश्वर्या र आराध्या दुवै जनालाई १४ दिनसम्म घरमै क्वारेन्टाइनमा बस्न सुझाइएको छ ।

यसअघि शनिबार राति नै ऐश्वर्या, आराध्या र अभिनेता अमिताभ बच्चनकी श्रीमतीसमेत रहनुभएकी जया बच्चनमा -यापिड टेष्ट गरिएको थियो । जसको परिणाम निगेटिभ आएको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार अमिताभलाई पहिले क्षयरोग भएको थियो। उनले शनिबार राति ट्वीट गर्दै आफूलाई कोरोना भएको जानकारी दिएका हुन्।

केही समयपछि अभिषेकले ट्वीटमार्फत् नै आफू र बुवा अमिताभलाई कोरोना भएको बताएका थिए।

अमिताभ र अभिषेकलाई कोरोना भएसँगै परिवारका सदस्यहरूको पनि परीक्षण गरिएको छ।

जया बच्चनको भने नेगेटिभ आएको बताइएको छ। योसँगै बच्चन परिवारको ‘जल्सा’ भनिने घर सिल गरिएको र आसपास स्यानिटाइज गरिएको छ।

बच्चन परिवारमा कोरोना देखिएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले एक ट्विट गर्दै उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

र यो पनि पढ्नुहोस् : प्रधानमन्त्री ओलीद्वारा बच्चन परिवाको स्वास्थ्यलाभको कामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *