लकडाउन खुकुलो भएसँगै पशुपति मन्दिर परिसरमा भक्तजनको चहलपहल

काठमाडौं- कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा अब भक्तजनका लागि पूजाको व्यवस्था मिलाइने भएको छ ।

असार १ गतेबाट लकडाउन खुकुलाे गरिएसँगै पशुपतिनाथमा भक्तजनका लागि पूजाको व्यवस्था मिलाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको हो ।

सामाजिक दूरी कायम गरी पूजाको व्यवस्था मिलाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

लकडाउन खुकुलो बनेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुको चहलपहल समेत बढ्दै गएको छ।

भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराएर फर्काउने कार्यविधि नै बनाएर पूजाको व्यवस्था मिलाउने तयारी थालिएको पशुपति क्षेत्र विका कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

यसै पनि साउने सोमबार आउँदैछ । साउन महिनालाई भगवान शिवको महिना मानिन्छ ।

त्यसैले पनि भक्त्तजनहरुको भिड लाग्ने गर्दछ ।

चान्द्रमासअनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ ।

प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

यस वर्ष चान्द्रमासअनुसार असार महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान छ ।

पशुपति क्षेत्रमा शिवका भजन, आराधनाका स्तोत्र घन्किएका छैनन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण चैत ११ गतेदेखि जारी गरिएको बन्दाबन्दीले पशुपति मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश निषेध गरिएको छ ।

असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि देशभरका प्रमुख मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात अझै बन्द छन् ।

“असार १ गतेदेखि पशुपतिको मूल मन्दिरभित्र दर्शनार्थीलाई प्रवेश गर्न नदिइए पनि मुख्य मन्दिर बाहिरका भुवनेश्वरी, आर्यघाट, आर्यघाटपारिको क्षेत्रलगायत स्थानमा भक्तजन आउन दिइएको छ, भक्तजनले बाहिरबाटै दर्शन गर्न सक्छन्, अन्य क्षेत्र खुलेको चार÷पाँच दिनपछि कम्तीमा दुई मिटरको दूरी कायम गरेर मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश गराउने गरी कार्यविधि बनाएका छौँ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *