विवाहकै दिन दिया गरेको यस्तो कामले जितिन् करौडौं फ्यानको दिल

एजेन्सी । बलिउड अभिनेत्री दीया मिर्जाले विवाह गरेकी छन् । सोमबार सम्पन्न भएको दिया मिर्जाको विवाहले अहिले भारतीय मिडियामा चर्चा पाएको छ । कोरोना जोखिमका कारण उनीहरुको विवाह सिमित ब्यक्तिको जमघटमा सम्पन्न भएको हो । विवाहका दिन अन्य कलाकारहरुले भन्दा भिन्न काम गरेका कारण उनको अहिले प्रशंसा भएको छ ।

भारतीय मिडियाले उनको प्रशंसा गर्दै समाचार बनाएका छन् । विवाहकै दिन साँझ उनले गरेको एउटा कामले अहिले प्रशंशा बटुलिरहेकी छिन् । विवाह सकिएपछि उनीहरूले पत्रकारहरूलाई तस्वीर खिच्ने समय दिएका थिए जो विवाह स्थान बाहिर उनीहरूलाई पर्खेर बसेका थिए।

उनले आफै खै मिठाइ भन्दै बधाई दिएका पत्रकारहरुलाई मिठाइ बाढिन् जस्ले गर्दा उनको उचाई अझै बढेको बलिउडकर्मीहरुले अनुमान लगाएका छन् ।
बलिउड अभिनेत्री दीया मिर्जाले सोमबार बिहे गरेकी हुन् । उनले आफ्ना प्रेमी वैभव रेखीसँग विवाह गरेकी हुन्। उनको यो दोस्रो विवाह हो ।

भारतीय सञ्चार माध्यम एनडिटिभीका अनुसार उनीहरूले मुम्बईमा आफ्ना साथी र परिवारका सदस्यको सानो जमघटमा बिहे गरेका हुन्। वैभव पेसाले व्यवसायी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *