दिनहुँ अदुवा हालेको चिया पिउनुहुन्छ ? यो समाचार पढ्नुहोस्

एजेन्सी । चियामा अदुवा सबैलाई जिव्रोमा मिठो श्वाद दिन्छ । जाडो महिनामा त यो सबैलाई नभई नहुने बस्तु हो । जाडोमा चिया त्यसै पनि धेरै पिइन्छ त्यसमा अदुवाको श्वाद लोभलाग्दो हुन्छ । तर तपाईले दिनहुँ अदुवा राखेर चिया पिउने गर्नुभएको छ भने आफ्नो श्वास्थ्यको ख्याल राखेर त्यसलाई केही कम गर्नुहोला ।

अदुवा हालेको चिया लोकप्रिय छ । चिसो मौसममा धेरैजसो मानिसहरु अदुवा हालेको चिया पिउन मन पराउँछन् । तर अत्यधिक अदुवा हालेको चिया पिउँदा स्वास्थ्यका लागि नोक्सानी गर्छ । अत्याधिक अदुवा हालेको चिया पिउँदा हुन सक्ने स्वास्थ्य समस्या यस्ता छन् ।

पखाला : अदुवा हालेको चिया अत्यधिक पिउँदा पखाला लाग्ने खतरा बढ्छ । अदुवाले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ र बेचैनी पैदा गराउँछ ।

उच्च र क्त चाप : जो व्यक्तिमा उच्च र क्त चापको समस्या छ त्यस्ता व्यक्तिहरुले अदुवा हालेको चिया पिउनु फाइदाजनक हुन्छ । तर जो व्यक्तिको र क्त चाप सामान्य छ ती व्यक्तिका लागि अदुवा हालेको चियाले खासै फाइदा पुर्याउँदैन । यसको सेवनले चक्कर लाग्ने र कमजोरी हुने गर्छ ।

कपाल : अत्यधिक अदुवा हालेको चिया पिउँदा कपाल झर्ने समस्या पैदा हुन्छ । अदुवामा हुने जिन्जरोल नामक तत्वले कपाल बढ्न रोक्न सक्छ ।

जलन : अदुवा हालेको चिया पिउँदा शरीरमा जलन उत्पन्न हुन्छ । अदुवामा हुने जिन्जरोलले पेटमा धेरै एसिड पैदा गर्छ र जलन पैदा हुन्छ ।

निन्द्रा: अदुवाको चियाले निन्द्रामा समस्या उत्पन्न हुन्छ । अदुवा हालेको चिया सुत्नुअघि पिउनु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *