लमजुङमा पहिरो खसेर एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौँ । लमजुङको बेसिशहर नगरपालिका –७, सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

भिरालो जमिनमा रहेको दीपक तामाङको घर पुरिदा ३३ वर्षीया तामाङसहित उनकी श्रीमती २५ वर्षीया बीमाया तामाङ र ९ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमूख प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा बहादुर थापाले बताए ।

उनका अनुसार पहिरोमा परेका अन्य ३ जनाको उद्धार भएको छ । जिवितै उद्धार हुनेहरुमा सोही स्थानका २६ वर्षको सन्त वहादुर गुरूङ, बेसिशहर १० पांग्रेक्यु घर भएको वर्ष २३ अनिल गुरूङ र पांग्रेक्युकै २३ वर्षीय सुमन तामाङ रहेका छन् ।

उद्धार भएका तीनै जना मृतक तामाङको घरमा काम गर्न बसेका थिए ।

मृतक दीपकका आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले सकुशल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *