भगवान शिवको पुजा गर्दा नगर्नुहोस यी १५ गल्ती !

भगवान शिवको उपासना गर्दा हर प्रकारका क’ष्ट निवारण हुने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । शिव प्रसन्न भएमा जीवनमा कुनै सं’कट नआउने धार्मीक मान्यता छ ।

तर शिवलाई प्रसन्न पार्ने नाममा कहिलेकाँही केहि विधि र सामग्रीमा ख्याल पुर्‍याइएन भने यसबाट शिवलाई प्रसन्न पार्न सकिन्न । त्यसैले शिवको पूजा गर्दा यी १५ कुरामा विचार पुर्‍याउनुपर्छ ।

१. भगवान शिवलाई तुलसीको पात वा तुलसीको कुनै पनि सामग्रीबाट पूजा गर्नुहुँदैन । तुलसीलाई विष्णु निकट मानिन्छ, जसलाई शिवले स्विकार गर्दैनन् ।
२. तिल वा तिलबाट बनेका कुनै पनि प्रसाद, तेल लगायतका भगवान शिवलाई अर्पण गर्नुहुँदैन । तिल भगवान विष्णुको म’यल(मैलो)बाट उत्पन्न भएको मानिन्छ ।

३. भगवान शिवको उपासनामा बेसार पनि च’ढाउनु हुँदैन । बेसारको सम्बन्ध भगवान विष्णु र सौभाग्यसँग रहेको छ ।

४. भगवान शिवलाई उमालिएको दुध पनि चढाउनु हुँदैन । उमालिएको दुधबाट शिवको अभिषेक गर्नु हा*निकारक मानिन्छ ।
शिवलिं’गको अभिषेक सदैव चिसो पानी वा काँचो दुधबाट गर्नुपर्दछ ।

५. भगवान शिवलाई नरीवल चढाउन सकिन्छ तर नरीवलको पानिको अभिषेक गर्नुहुँदैन ।

६. भगवान शिवलाई अक्षता चढाउँनु हुँदैन ।

७. टु’क्रिएको चामल अर्थात कनिका समेत शिवलाई अर्पण गर्न बर्जित छ ।

८. भगवान शिवलाई शंख अर्पण गर्नुहुँदैन । शंखलाई शिवले ब’ध गरेको असुरको प्रतीक मानिन्छ।

९. कालो रंगको वस्त्र पहिरीएर शिब पुजन गर्नुहुँदैन । शिवलाई प्रसन्न पार्न गेरु वस्त्रको धारण उत्तम मानिन्छ ।

१०. शिवलिं’गमा चढाइएको प्रसाद भक्तले ग्रहण गर्नु हुँदैन, यसबाट दुर्भाग्य निम्तिन्छ ।
११. शिवको अभिषेक गर्दा सुन, चाँदी वा कासबाट बनेका भाडावर्तनबाट गर्नुपर्दछ ।
१२. शिवलिं’गमा पुजा गर्दा सबैभन्दा पहिला पञ्चामृत अर्पण गर्नुपर्दछ ।

१३. शिवलाई तीन वटा पात स्पष्ट भएको, न’च्यातिएको बेलपत्र घो’प्टाएर मात्र अर्पण गर्नुपर्छ ।

१४. शिवको उपासनामा केवल सेतो रंगको मात्र फुल अर्पण गर्नुपर्दछ ।

१५. शिवको आराधना गर्दा कुनै मन्त्र नआए १ सय ८ पटक ॐ नमः शिवाय मन्त्रको जप गरे अरु कुनै मन्त्रको उच्चारण गर्नु पर्दैन ।

सबैको जानकारीको शेयर गर्नुहोस !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *