सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं / दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ । सुशान्त र अभिनेत्री सन्जना सांघीको मूख्य अभिनय रहेको फिल्म ‘दिल बेचारा’ को ट्रेलर सोमबार युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा सुशान्त र सन्जना देखिएका छन् ।

मुकेश छाबडाको निर्देशनमा बनेको यस फिल्मको रिलिज मितिपनि घोषणा गरिएको छ । यस फिल्मको रिलिज जुलाई २४ मा गरिने बताइएको छ । यो फिल्म हलमा नभई ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको हो ।

डिज्नी हटस्टारमा रिलिज हुने ‘दिल बेचारा’ निःशुल्क हेर्न पाइने भारतिय मिडियामा बताइएको छ । अभिनेता सुशान्तले केही समयअघि मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर आफ्नै ज्यान फालेका थिए ।

ट्रेलर हेर्नुस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *