काठमाडौंको ढलमा पनि कोरोना भाइरस भेटियो

सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले काठमाडौंको ढलमा कोरोना भाइरस भेटिएको बताएको छ । काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गर्दा २ ठाउँमा कोरोनाको जिवाणु भेटिएको बताइएको छ ।

उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताए ।

उनका अनुसार अन्य देशका अध्ययनहरुले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ ।

जस अनुसार केही देशमा यस्ता अध्ययनहरु भइसकेका छन् । नेपालमा पनि सोही आधारमा अध्ययन गरिएको उनले बताए ।

यसअघि पनि इटालीको पानीमा, अमेरिकाको जुत्तामा, र डाक्टरको पीपीईमा पनि कोरोना भाइरसको संक्रमण फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *