टुसा उम्रिएको चना खानुका यस्ता छन् उत्कृष्ट फाइदा !!

चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने तपाईंका लागि चना प्रोटिनको एउटा उत्कृष्ट स्रोत हो । तर यसको फाइदा त्यतिबेला थप बढ्छ जब हामी यसलाई भिजाएर खान्छौं वा टुसा उम्रिएको चनालाई खानामा समावेश गर्दा यसले हाम्रो स्वास्थ्यका लागि निकै फाइदा पुर्याउँछ ।

चनालाई टुसा उमारेर खाँदा यो सुपरफुड बन्ने गर्छ र थुप्रै पोष्टिक गुणको भण्डार बन्ने गर्छ । – टुसा उमारिएको चना खाँदा तपाईंको तौल पनि नियन्त्रणमा रहन्छ । यसले मोटोपनाजस्ता समस्याबाट राहत प्रदान गर्छ । किनभने चना खाँदा पेट भरिएको महसुस हुन्छ र चाँडै भोक लाग्दैन । यस्तोमा कम खाँदा खाइन्छ जसका कारण तौल नियन्त्रणमा रहन्छ ।

टुसा उम्रिएको चनामा अत्यधिक प्रोटिन पाइन्छ, साथै यसमा फ्याटको मात्रा पनि निकै कम हुन्छ । – चनाको सेवनले तपाईं आफ्नो हड्डी र दाँत बलियो राख्न सक्नुहुन्छ किनभने यसमा विभिन्न प्रकारको भिटामिन र मिनरल्स हुन्छन् ।

यसमा आइरन र सोडियमसहित थुप्रै पौष्टिक तत्व हुन्छन् जुन तपाईंको शरीरका लागि विभिन्न तरिकाले फाइदाजनक हुन्छ । – टुसा उम्रिएको चनाको सेवनले तपाईंको छाला र कपाललाई पनि सुन्दर राख्न निकै मद्दत गर्छ किनभने यसमा एन्टिअक्सिडेन्ट हुन्छ जसले बढ्दो उमेरसँग छालामा जुन प्रभाव पर्छ त्यो कम गर्छ ।

साथै यो कपालका लागि पनि निकै राम्रो हुन्छ । जवान देख्न चाहनेहरुले यसको नियमित सेवन गर्नुहोस् । कपाल र तपाईंको छालालाई आवश्यक पर्ने मोइस्चर यसले प्रदान गर्छ । टुसा उम्रिएको चनाले तपाईंको ब्लड सुगर पनि नियन्त्रणमा राख्न मद्दत गर्छ ।

यो पनि पढ्नुहोस् :मेवा कुनबेला खाने, कुन बेला नखाने ?:गर्भवतीले नखाने:विभिन्न अवस्थामा मेवाको सेवन शरीरका लागि फाइदाजनक भएपनि गर्भावस्थामा भने यसको सेवन शरीरका लागि हानीकारक हुनसक्छ । यसले गर्भावस्थामा गर्भपात गराउन सक्छ । खासगरी, मेवाले गर्भाशयलाई खुम्च्याउने गर्छ । जसले गर्दा गर्भपात हुने खतरा उच्च हुन्छ ।२. स्तनपान गराउने महिलाले खानबाट बच्ने:गर्भावस्थामा त मेवाको सेवन गर्नै हुँदैन । सुत्केरी महिलाहरुलाई पनि स्तनपान गराउञ्जेल मेवाको सेवन नगर्न नै सल्लाह दिने गर्छन् । किनकी मेवामा पपाइन नामक विषाक्त हुन्छ,जुन ससाना बच्चाका लागि हानीकारक मानिन्छ । यसबाहेक, बच्चा जबसम्म एक वर्षको हुँदैन, उनीहरुलाई मेजवा नखुवाउन नै सल्लाह दिने गरिन्छ ।

३. एलर्जीको सम्भावना:केरोटेनेमिया नामक रोगबाट प्रभावित व्यक्तिले मेवा कहिल्यै खानु हुँदैन । किनकी मेवामा लेटेक्स नामक पदार्थ हुन्छ, जसले केरोटेनेमियाबाट प्रभावित व्यक्तिमा छालाको एलर्जीको समस्या निम्त्याउन सक्छ ।

४. उच्च रक्तचापको औषधी खाने व्यक्तिले:मेवाले शुगरको स्तर कम गर्छ । त्यसैले, न्युन रक्तचाप भएका व्यक्तिले झुक्किएर पनि मेवा खानु हुँदैन । जबकी उच्च रक्तचापलाई नियन्त्रण गर्न औषधीको सेवन गर्ने व्यक्तिले भने चिकित्सकको सल्लाहमा मेवा अवश्यक खान सक्छन् ।

५. मिर्गौलाको पथ्थरी:विभिन्न अध्ययनहरुले जनाए अनुसार अत्याधिक मात्रामा भिटामिन ‘सी’को सेवनले मिर्गौलामा पथ्थरी हुनसक्छ । र, मेवामा भिटामिन ‘सी’अत्याधिक मात्रामा हुने भएकोले यसको सेवनले मिर्गौलामा पथ्थरी हुनसक्छ ।

६. पेट खराब भएमा:पेट खराब भएमा पनि मेवाबाट टाढा रहनु पर्छ । त्यस्तै, पखाला लागेमा पनि मेवाबाट टाढा रहनु पर्छ ।किनकी यसले समस्या कम हुनुको सट्टा झनै बढ्न सक्छ ।७. मुटु सम्बन्धि समस्या:मुटु सम्बन्धि समस्या भएका व्यक्तिले पनि मेवाबाट टाढा रहनु पर्छ । विशेषगरी, रगत पातलो हुने व्यक्तिले मेवाबाट कुनै पनि हालतमा टाढा रहनै पर्छ ।८. घाँटीको समस्या:घाँटीको समस्या हुने व्यक्तिले मेवा खानु हुँदैन । यसले घाँटीलाई प्रभावित पार्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *