३५० भन्दा धेरै हात्तीको रहस्यमय मृत्यु, जंगभरी छरिए लाशहरु (१३ तस्वीरहरू)

काठमाडौं। दक्षिण अफ्रिकाको बोत्स्वानामा ३५० भन्दा धेरै हात्तीहरुको रहस्यमय मृत्यु भएको छ । यी हात्तीहरुको मृत्युको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । स्थानीयका अनुसार धेरैजसो हात्तीहरु जलस्रोतको नजिक मृत भेटिएका छन् । अब यहाँको सरकारले यी हात्तीहरुलाई विष दिइएको वा उनीहरुको मृत्यु कुनै अज्ञात रोगका कारण भएको हो भन्नेबारे अनुसन्धान गरिरहेको छ ।

उत्तरी बोत्स्वाना र ओकाभेंगो डेल्टामा ३५० भन्दा धेरै हात्तीहरुको सडेगलेका शव छरिएका छन् । हात्तीको पहिलो रहस्यमय मृत्यु मे महिनामा भएको थियो । त्यसपछि केही दिनमै ओकाभेंगो डेल्टामा १६९ हात्तीहरु मरे । डेलीमेलको रिपोर्टअनुसार जूनको मध्यसम्ममा मर्ने हात्तीहरुको संख्या दोब्बर भयो । यीमध्ये ७० प्रतिशत हात्तीहरुको मृत्यु जलस्रोतको आसपास भएको थियो ।

बोत्स्वाना सरकारले अहिलेसम्म यी हात्तीको शवको जाँच गराएको छैन । तर, यी हात्तीको मृत्यु विषका कारण वा कुनै अज्ञात रोगका कारण भएको आशंका गरिएको छ । नेशनल पार्क रेस्क्यूका निर्देशक डा. निएल मेक्केनले बताएअनुसार यसरी ठूलो संख्यामा हात्तीको मृत्यु वर्षौंपछि भएको हो । आम रुपमा खडेरी परेपछि यसरी हात्तीहरुको मृत्यु हुन्छ तर यस पटक मृत्युको कारण बुझ्न सकिएको छैन । विश्वभरका वैज्ञानिकहरुले कुनै रोग फैलिएको हुन सक्ने भन्दै बोत्स्वाना सरकारसँग हात्तीको शव जाँच गराउन अपिल गरेका छन् ।

वैज्ञानिकहरुले हात्तीको मृत्युको कारक रोग मानिसमा समेत फैलिन सक्ने खतरा औंल्याएका छन् । स्थानीयका अनुसार उनीहरुले हात्तीलाई गोलो घेरामा घुमिरहेको देखेको बताएका छन् । हात्तीहरु यस्तो त्यतिबेला गर्छन् जब उनीहरु देख्न सक्दैनन् । उनीहरुको दृष्टि त्यतिबेला बाधित हुन्छ जब उनीहरुलाई विषय दिइएको होस् वा उनीहरु बिरामी होउन् । यी दुवै कारणले हात्तीहरुको स्नायु प्रणाली कमजोर हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *