गुरु सरोज खानको निधनमा शोकमा डुव्यो बलिउड, मनिषा पनि बनिन् स्तव्ध
केही समयदेखि चर्चित कलाकारहरु गुमाइरहेको बलिउडले थप एकजनालाई गुमाएको छ ।
बलिउडमा प्रख्यात कोरियोग्राफर सरोज खानको कार्डियक अरेस्टको कारण मृत्यु भएको छ ।
बलिउड कोरियोग्राफर सरोज खान १७ जुन मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना भएकी थिइन।
सास फेर्न समस्या भएर भर्ना भएकी सरोज खानको शुक्रबार बिहान करीब २ बजे मुत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले पुष्टी गरेका छन् ।
खानलाई गम्भीर मधुमेह सम्बन्धि रोग थियो। उनी ७२ वर्षकी थिइन।
उनका परिवारमा उनका पति बी. सोहनलाल, छोरा हमीद खान, छोरीहरू हिना खान र सुक्याना खान रहेका छन्। उनको कोरोनाभाइरसको परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।
उनको निधनमा बलिउड पुरै शोकमा डुबेको छ । उनले हवा हवाइमा माधुरी दिक्षितसहित सबै चर्चित कलाकारलाई नचाइसकेको छिन् । उनको निधनमा बलिउड अभिनेत्री तथा नेपालकी छोरी मनिषा कोइराला पनि शोकमा डुबेको छिन् ।
उनले ट्वीटरमा पोष्ट गर्दै आफु दुखी भएको बताएकी हुन् ।
चर्चित फिल्म देवदासमा “डोलारे डोलारे” गीतमा कोरियोग्राफ गरेकी माधुरी दिक्षितले पनि आफु बिक्षिप्त भएको बताएको छिन् ।