साउदीमा दुवै मृगौला फे’ल भएका संखुवासभाका श्रेष्ठको मृत्यु

१८ असार, दोहा । बैदेशिक रोजगारीको सिलसिला लामो समयदेखि साउदिको टमिमी ग्लोबल कम्पनीमा कार्यरत रहेका संखुवासभा खाँदबारी नगरपालिका-१० चन्दनपुरका निवासी दिनेश कुमार श्रेष्ठ ( गणेश श्रेष्ठ) को मृत्यु भएको छ ।

उनी बिगत ३ महिनादेखि स्वास्थ्यमा समस्या आएको कारण साउदी एक अस्पतालमा उपचार गराई रहेका थिए ।

उनको दुबै मृगौला फेल भएको तथा ब्लड क्यान्सरको कारण मृत्यु भएको रविन ढकालले जानकारी दिए ।

मृ’त शरीर बे’वारिसे जस्तै गरेर अस्पताममा राखेको त्यही अस्पतालमा कार्यरत एक जना नेपालीले जानकारी गराएको ढकालले बताए ।

मृ’तकको श’वलाई उनी कार्यरत कम्पनीले पनि जिम्मा लिएको छैन भने अस्पतालले पनि अहिलेसम्म आधिकारिक जानकारी नदिएको उनले बताए ।

जीवित हुँदा नेपाल आउने धेरै इच्छा ब्यक्त गरेका थिए तर जीवित छँदा ल्याउन नसके पनि अन्तिम संस्कार नेपालमै गर्ने परिवारले चाहाना रहेको ढकालले बताए ।

उनले साउदीस्थित सामाजिक अभियानता,संघ संस्था लगायत नेपाली महानुभावहरुले पहलकदमी गरि मृ’त शरिरलाई नेपालसम्म ल्याउन सहयोग गरिदिन समेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *