हजुरलाई थाहा छ ? एक मुखे रद्राक्ष को दर्शनले नसोचेको ठाउबाट धन “लाभ” हुन्छ ।

एजेन्सी । हजुरलाई थाहा छ ? एक मुखे रद्राक्ष को दर्शनले नसोचेको ठाउबाट धन “लाभ” हुन्छ । त्यसैले कमेन्टमा “ॐ “लेखेर शेयर गर्नुहोस ३ दिन भित्र आकस्मिक धनको योग हुनेछ बेवास्ता गरेमा “अशुभ” हुन सक्ला ।

एकमुखे रुद्राक्ष
यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ ।

रुद्राक्षको अंग्रेजी नाम ‘लिनडेन नट’ हो । यसको बोटानीकल नाम ‘इलाइओकारपस स्फेरीकस’ हो । यसलाई एच.एस. कोड नम्बर १२११९० अन्तर्गत राखिएको छ । रुद्राक्षको बोटलाई जडीबुटीको रुपमा लिइएको छ । रुद्राक्ष उत्पत्ति भएको ऐतिहासिक स्थान नै धरानको विजयपुर भनिन्छ । नेपाल अधिराज्यलगायत विश्वमा जति पनि रुद्राक्षका रुखहरु छन् ती सबै धरानको विजयपुरबाटै सारिएको दाबी गरिएको देखिन्छ । रुद्राक्षको उत्पत्तिस्थल धरानको विजयपुर मानिए तापनि अधिराज्यका विभिन्न जिल्लामा रुद्राक्ष पाइन्छ । विश्वको सबैभन्दा पुरानो रुद्राक्षको रुख पनि विजयपुरमै रहेको दाबी गरिएको छ । अर्कोतिर कसैले यो वनस्पति म्यानमार, मलेसिया, चीन, मरिसस, न्यूजिल्याण्ड, न्युगिनी, भारत, थाइल्याण्ड, इण्डोनेसियामा पाइन्छन् तथा अस्ट्रेलियाका जंगलमा पनि प्रशस्तै पाइने बताउँदछन् । पौराणिक कथानुसार भगवान् शिवले महाबलि दैत्यासुरलाई नाश गर्न लामो समयसम्म चिन्तनमा बस्दा अनि आँखा खोल्दा बगेका आँसुबाट रुद्राक्ष बिरुवा उत्पन्न भएको विश्वास गरिन्छ । पौराणिक कालदेखि नै साधु–सन्त, महात्माहरुबाट यसको उत्पत्ति एवम् महिमाका बारेमा विभिन्न धार्मिक ग्रन्थहरुमा वर्णन भएको पाइन्छ ।

विश्वभर यसको एक सय २३ प्रजाति पाइएका छन् । नेपालमा रुद्राक्षको दाना एक देखि २७, र ३२ मुखेसम्म पाइएको देखिन्छ । तर विश्वमा भने ३८ मुखेसम्म पाइएको विकिपिडियाले बताउँछ । बोटमा सामान्यतया चार, पाँच र छ मुखे फल धेरै लाग्दछ । त्यसभन्दा बढी र घटी मुख भएका दाना दुर्लभ मानिएको छ । जुम्ल्याहा–तिम्ल्याहा दानाको मूल्यसमेत त्यसैगरी तोकिन्छ । लहरै तीनवटा दाना जोडिएको त्रिपाठ र एकै ठाउँमा जोडिएको गौरीपाठ रुद्राक्षसमेत अमूल्य मानिएको छ । आयुर्वेदिक दृष्टिले रुद्राक्ष महाऔषधि मानिन्छ । यो उष्ण क्षेत्रमा हुने अमिलो फल पनि हो । यसले खोकी तथा अन्य रोगको निदान गर्दछ । अमिलो र भिटामिन सी–युक्त भएकाले रक्त विकार नाशक मानिन्छ । रुद्राक्ष तातो हुनाले चिसोबाट हुने सबै रोगका लागि उपयोगी मानिएको छ । उच्च रक्तचाप भएका रोगीलाई रुद्राक्ष एक वरदान मानिएको छ । रुद्राक्षले रक्तचापलाई नियन्त्रणमा राख्दछ । रुद्राक्षको दाना वा माला हृदयसम्म पुग्नुपर्दछ । अर्को शब्दमा दानाले हृदयलाई स्पर्श गरेमा उपयोगी हुन्छ । रुद्राक्षले रोगीको गर्मी आफूले लिएर बाहिर फाल्दछ । दानाको माला पहिरिएपछि आत्मामा शान्ति मिल्दछ भनिन्छ । रुद्राक्षको दाना पानीमा घोटेर घाउमा लगाउँदा सन्चो हुन्छ भनिन्छ । रुद्राक्षलाई पानीमा राखेर त्यो पानी खालिपेटमा पिउनाले हृदय रोग र कब्जियत ठीक हुने मानिन्छ । रुद्राक्ष दूधमा उमालेर पिउनाले स्मरणशक्ति बढ्ने र खोकी निको हुने बताइन्छ । मृत्यु संस्कार गर्दा शवमा, पूजामा र अन्य कार्यमा पनि चढाउने गरिन्छ ।

रोगको प्रकृतिअनुसार रुद्राक्षमा भएको मुखको आधारमा यसको प्रयोग गर्ने गरिन्छ । हृदय रोगमा दुई वा १४ मुखे, मानसिक तनावमा १२ मुखे, चर्म रोगमा तीन वा १४ मुखे, रक्त चापमा १५ वा १७, सुस्त मस्तिष्कमा १६ मुखे, नामर्दीरोगमा १० वा १८, मधुमेहमा ११ वा १३, शारीरिक कमजोरमा आठ वा १०, डिप्रेशनमा चार वा छ मुखेको प्रयोग उत्तम मानिआएको देखिन्छ । एक मुखे रुद्राक्षमा एउटा प्राकृतिक धार हुन्छ । धार्मिक दृष्टिले यसलाई परब्रह्म मानिन्छ । यो शिव भगवान्को रुप हो । भनिन्छ कि एक मुखे रुद्राक्षमा शिव भगवान् मानिएकोले यस एक मुखेको दर्शनमात्र गर्दा पनि लाभ पुग्ने विश्वास गरिन्छ । रुद्राक्षको दानाले अलौकिक शक्ति प्रदान गर्ने विश्वासमा हुनेखानेहरु लाखौं मूल्य तिर्न लालायित हुन्छन् । रुद्राक्ष माला विशेषतः २७ र एक सय आठ दाना भएको माला हुन्छ । हरेक मालामा एक दाना बढी हुने गरी झुन्ड्याइन्छ । त्यसलाई सुमेरु भनिन्छ ।
ज्योतिष शास्त्रीय दृष्टिले पनि रुद्राक्षको त्यतिकै महत्व रहेको देखिन्छ । यसबाहेक विभिन्न किसिमका जादु, टुनामोहनीबाट सुरक्षित रहनसमेत रुद्राक्ष उपयोगी हुने विश्वास गरिन्छ । यसको अधिकांश प्रयोग भने धार्मिक आस्थाका आधारमा शरीरमा धारण गर्न हुने गरेको छ । भारतका धेरैजसो राजनीतिज्ञ, व्यापारी, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका अधिकारी यसलाई धारण गर्ने गर्दछन् । यसलाई सुनचाँदीले मोरेर माला बनाएर धारण गर्ने गरिन्छ ।

उत्पादनतर्फ भने रुद्राक्षको रुख ठूलो हुन्छ । अग्लो रुखमा यो फल्दछ । गोलो र चेप्टो आकारको दाना हुन्छ । दानाको बोक्रा उप्काएपछि यसमा धर्का देखिन्छ । जति धर्का भयो त्यति नै मुखे हो । रुद्राक्ष पाँच मुखे धेरै फल्दछ । त्यसपछि चार र छ मुखे फल्दछ । चार, पाँच र छ मुखेबाहेकको भने कम फल्दछन् । एक रुखमा चार, पाँच र छ मुखेबाहेकका केही न केही दाना फलेकै हुन्छन् । उष्ण तथा शीतोष्ण हावापानी भएको सात सयदेखि एक हजार मिटरसम्मका उचाइ र अधिकतम ३० देखि ३२ डिग्री सेल्सीयस तापक्रम भएको स्थानमा रुद्राक्ष हुने गर्दछ । रुद्राक्षको बोटमा पूmल फुलेको छ महिनामा यसको दाना टिप्नको लागि तयारी हुने गर्छ । रुद्राक्षको बिरुवा रोपेपछि सामान्यतया चार वर्षमा फल्न सुरु हुन्छ । यसरी रोपेको बोटबाट ५०–६० वर्षसम्म उत्पादन लिन सकिन्छ । पूर्वको संखुवासभा र भोजपुरमा दुई मुखेदेखि ३२ मुखेसम्मका दाना फलेका छन् । ३० र ३१ मुखेसहित एक मुखे भने पाइएको छैन् । ३२ मुखे पाएपछि ३० र ३१ मुखे पनि फल्दछ भन्ने विश्वास छ तर त्यसको पुष्टि हुनसकेको छैन । नेपालमा रुद्राक्ष उत्पादन क्षेत्र मानिने भोजपुरको केउरेपानी, मूलपानी, तुंगेछा, कुलुङ, नेपालडाँडा, कातिकेघाट र संखुवासभाको सिभुवा, बाना, स्याबुन, धुपु, चेवाबेसी, खाँदबारी क्षेत्रमा बढी मात्रामा उत्पादन हुने गरेको छ । दुवै जिल्लामा उत्पादित रुद्राक्षको मुख्य बजार खाँदबारी रहेको छ ।

धनकुटा, इलाम, पाँचथर, काभ्रे, स्याङ्जा, लमजुङ, पर्वत, ते¥हथुम, सुनसरी, खोटाङ, उदयपुरलगायत केही जिल्लामा पनि रुद्राक्ष उत्पादन हुन थालेको देखिन्छ । धार्मिक र वैज्ञानिक दृष्टिले नै बहुउपयोगी मानिने रुद्राक्षको नेपालका विभिन्न जिल्लामा व्यावसायिक खेती बढ्दै गएको छ । उत्पादन हुने जिल्लामा यो त्यस जिल्लाको आर्थिक मेरुदण्डको रुपमा रहेको छ । रुद्राक्षको महत्व र उपयोगिताका बारेमा व्यापक प्रचार–प्रसार भएपछि एकाएक रुद्राक्षको माग बढेकाले नेपालका केही जिल्लामा रुद्राक्षको व्यावसायिक खेतीतर्फ आकर्षित हुुँदै गएका छन् । संखुवासभालगायतका यसको उत्पादन हुने जिल्लामा रुद्राक्षको कारोबार वर्षेनी बढ्दै गएको देखिन्छ । रुद्राक्षको मागअनुसार बजार पाएपछि कारोबार बढ्दै गएको छ । यसको उत्पादन हुने जिल्लाका सदरमुकामहरुका बजारमा दैनिक लाखौं रुपैयाँको रुद्राक्ष खरिद–बिक्री हुन थालेको बताइन्छ । भोजपुर र संखुवासभा जिल्लामा मात्र कुल उत्पादन करिब दुई सय ५० मे.टनभन्दा माथि उत्पादन हुने गरेको छ । अन्य जिल्लाहरुको उत्पादन न्यून रहेको छ । प्रत्येक वर्ष भदौदेखि रुद्राक्ष कारोबार हुने गरेकोमा फागुनसम्म बढी व्यापार हुने गरेको छ । साधारणतया असोजदेखि पुससम्ममा यसका दाना पाकिसक्छन् । पाकेको दानाको रंग निलो मिश्रित कलेजी हुन्छ । दाना पाक्न थालेपछि पाकेको दानाको बाहिरी भाग खान चराचुरुङ्गीहरुको बथान दानाको बोटमा आउने र दाना बोकेर लग्ने प्रकोप नै हुने गर्दछ । काठमाडौंको पशुपति मन्दिर परिसरमा दर्जनौं रुद्राक्ष पसलहरु देखिन्छन् ।

यसको मूल्यतर्फ हेर्दा विशेषगरी रुद्राक्षको मुख, तौल र आकार हेरेर किनबेच हुने गरेको देखिन्छ । मुख र आकारको आधारमा रुद्राक्षको मूल्य निर्धारण गरिने हुँदा यसको बजार मूल्य पनि मुख र आकारमा नै आधार मानी कम र बढी हुने गरेको देखिन्छ । रुद्राक्षको मूल्य उपयोगिता, लागत खर्च आदिले मात्र निधारण गर्ने होइन । यसको मूल्य आस्था र विश्वासले निर्धारण गर्ने गर्दछ । यो कडा फलको मूल्य निर्धारण दुर्लभताले गर्दछ । खाँदबारीमा मात्र हप्तामा ५० लाख रुपैयाँभन्दा बढीको रुद्राक्ष व्यापार हुने गरेको केही वर्ष अगाडिको सर्वेक्षणले देखाउँछ । खाँदबारी बजारमा एकमुखे रुद्राक्षलाई ५० रुपैयाँदेखि एक लाख नाघी एक करोडसम्म पर्ने गरेको बताइन्छ । एकमुखे रुद्राक्षलाई अत्यन्तै दुर्लभ मानिन्छ । त्यसैले भाग्यमानीले मात्र एकमुखे भेट्ने गरेको विश्वास गरिन्छ । सामान्यतः २–३ मुखे केजीको ४० देखि ५० रुपैयाँ, ४–६ मुखेको ५० रुपैयाँ, ७–१० मुखेसम्मलाई पाँच सय, ११–१२ मुखे दुई हजारदेखि सात हजारसम्म, १३ मुखे १४–१५ हजार, १४ मुखेकोे २५ हजारभन्दा बढीमा बिक्री हुने गरेको देखिन्छ । त्यस्तै १५ मुखे रुद्राक्ष १० हजार, १६ देखि २० मुखे एक लाखसम्म, २१ मुखे २० लाख, २७–२८ मुखेलाई १८ देखि २० लाखसम्ममा खाँदबारी बजारमा परिआएको देखिन्छ ।

रुद्राक्षको पुरानो प्रशोधन विधिले दानाको मुखहरुमा नोक्सान पुग्न सक्ने हुन्छ । तसर्थ यसको गुणस्तर कायम गर्न अत्याधुनिक प्रशोधन विधिका वैज्ञानिक तरिका अपनाउन आवश्यक छ । गौरीशंकर, गौरीपाठ, सवार, गोमुखी, त्रिगुण, त्रिपाठजस्ता बहुमूल्य दाना गुणस्तर कायम गर्न वर्तमान प्रशोधन विधि उपयुक्त छैनन् । रुद्राक्षको बाह्यबजारतर्पm नियाल्दा यसको बढी माग भारतबाट आउने गरेको भनिन्छ । यद्यपि दशकौं अगाडिदेखि समुद्रपारका देशहरुमा पनि यसको निकासी भइआएको छ । संखुवासभामा रुद्राक्ष खरिद गरी तराईका विभिन्न जिल्ला, काठमाडौं र भारतका बजारलगायत विभिन्न स्थानमा लगेर बिक्री गर्ने गरेको देखिन्छ । भारतका साथै युरोप, अमेरिका, जापानमा पनि रुद्राक्ष निकासी हुँदै आएको छ । अस्ट्रेलियाका बासिन्दाहरुले आफ्नो घर सजाउनका लागि रुद्राक्ष किन्ने गरेको देखिन्छ । चीनतिर पनि निर्यात गरिन्छ । साथै चिनियाँले दानाको गहना बनाएर विश्व बजारमा पस्किन थालेको देखिन्छ । यसबाट सजाउने सामग्री पनि बनाउने गरिन्छ । यसको आन्तरिक र बाह्य बजार विस्तार गर्न यसलाई वर्गीकरण गरी गुणस्तरका आधारमा पोका–पोका बनाउन आवश्यक छ ।

नेपालबाट आव सन् २०१२–१३ मा एचएस कोड नम्बर १२११९०९० मा रुद्राक्षसहितका अरु बिरुवा र बिरुवाका भागहरु भनी एक अर्ब रुपैयाँको बंगलादेश, हङकङ, जापान, कोरिया आर, पाकिस्तान, सिङ्गापुर, ताईवान, थाईल्याण्ड, भियतनाम, भारत, क्यानाडा, अमेरिका, नेदरल्याण्ड, फ्रान्स, आइल्स अफ म्यान, जर्मनी, इटाली, स्वीडेन, यू.के, हङगेरी, पोल्याण्ड, अस्ट्रेलियामा निकासी भएका देखिन्छन् । रुद्राक्षको छुट्टै तथ्यांक देखिँदैन । यस्तै यही शीर्षकमा ५१ करोड रुपैयाँ जतिका वनस्पतिसम्बन्धी वस्तुहरु बंगलादेश, चीन, पाकिस्तान, थाईल्याण्ड र भारतबाट नेपालमा आयात भएका देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *