पहिरोमा कम्तीमा १ सय १३ जनाको मृत्यु, मारिनेको संख्या २ सय नाघ्ने आशंका

यांगुन। म्यानमारको कचिन प्रान्तमा एक खानीमा भारी वर्षापछि गएको पहिरोमा कम्तीमा ११३ जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ८ बजेको समयमा पहिरो गएको थियो । अझै कैयौं मजदूर पुरिएको आशंका गरिएको अल जजीराले जनाएको छ ।

मजदूरहरुले २५० मिटरको उचाइमा काम गरिरहेको बेला पहिरो गएको थियो । केही मजदूरहरुको डुबेर मृत्यु भएको हो किनकि भारी वर्षाका कारण खानीनजिकै पानीको ताल बनेको थियो । वाइ खार जिल्लाका प्रशासक यू क्वा मिनका अनुसार कम्तिमा २ सय जना मारिएको आशंका गरिएको छ । यो क्षेत्रमा विगत १ हप्तादेखि भारी वर्षा भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *