बीच सडकमै बाइक चलाउँदै नुहाउने यि ब्यक्ति पुगे प्रहरी खोरमा, भिडियो बन्यो भाइरल

एजेन्सी । संसारमा अनेकथरी मानिस हुन्छन् । उनीहरुका अनौठा शौखले कहिले भने अप्ठेरोमा पार्छ । त्यस्तै एक ब्यक्तिको अनौठो बानीले अप्ठेरोमा पारेको छ । उनको त्योब बानीले हेर्नेहरुलाई त रमाइलो लाग्यो तर प्रहरी खोरमा जानु परेको छ ।।

दक्षिण भियतनाममा बस्ने एक ब्यक्तिको अनौठो बानीले प्रहरी खोरमा जानु परेको छ । त्यहाँका एक व्यक्ति बाइक चलाउँदै बीच सडकमै नुहाउन थालेको दृष्य अरुका लागि रमाइलो थियो । आफुले बाइक चलाउने र साथीलाई पछाडीवाट पानी हाल्न लगाएका थिए । आफ्नो साथीसँग बाइकमा बसेर बिच सडकमै नुहाउँन थालेका ति ब्यक्ति अहिले प्रहरी खोरमा पुगेका छन् । सोसल मिडियामा यो भिडियो जब भाइरल हुन थाले पछि प्रहरीले थाहा पायो ।

भिडियो भाइरल भएपछि बाइकमा बसेर बिच सडकमा नुहाउँन खोजेका ति व्यक्तिलाई खोजर प्रहरीले कार्बाही गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ति व्यक्ति बाइकमा बसेर आरामले यात्रा गर्दै नुहाइरहेका थिए ।

उनले बाइकको सिटकोबीचमा पानीको बाल्टी राखेका थिए भने त्यसको पछाडी एक जना साथीलाई राखेका थिए । त्यसपछि उनी साथीलाई बाइक चलाउँन लगाएर बीच सडकमै नुहाउँन थाले ।

साथै बाइक चलाउँनेले उनको भिडियो खिचेर सामाजिक सञ्जालमा राखिदिए । मानिसहले सामाजिक सञ्जालमा अहिले उनको पागलपन देखेर गाली गरिरहेका छन् ।

भिडियोले सामाजिक सञ्जाल तताएपछि प्रहरीले भिडियोको माध्यामबाट बाइकको नम्बर पत्ता लगाएर युवकलाई कार्बाही गरेको छ । उनलाई लापर्वाही गरेको भन्दै प्रहरीले ८० डलरको जरिबाना गरेको हो । साथै चालकले हेलमेट नगलगाएको भन्दै चालकलाई पनि प्रहरीले कार्बाही गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *