राम्रो जागीर र धन प्राप्त गर्न चाहनुहुन्छ ? यी देवी देवताको उपसाना गर्नुहोस्

काठमाडौँ । धन सम्पत्ति बिनाको जीवन हामी सोच्न पनि सक्दैनौ । तर हामी प्रयत्न गर्दा गर्दै पनि धन कमाउन सकिरहेको हुँदैनौँ । चाहे जस्तो सम्पत्ति कमाउन, जागीर खान हामीले गारै हुने गर्छ । हिदू धर्मशास्त्र अनुसार यस्तो समस्याको समाधानका लागि शास्त्रहरुमा उल्लेख छ ।

यस्ता देबी देवताहरुको व्रत बस्नाले जागीर पाउनका लागि सहज हुनेछ । शनिबार शनी देवको व्रत राख्नु पर्दछ । शनिबार बिहान सबेरै उठेर पहिले एक सफा भाडामा तेल राखि आफ्नो छाया हेर्नुपर्दछ भने साँझ पख पीपलको वृक्षको फेदमा जल अर्पण गरी सरस्युको तेलमा दियो बाल्नु पर्दछ ।

आफुले छाया हेरेको तेल, आवश्यकता भएका ब्यक्तिलाई दान गर्नुपर्दछ । शनिवार दिनभर केवल पानी मात्र ग्रहण गर्नुपर्दछ । अन्न सेवन गर्नुहुँदैन । साँझमा पीपलको वृक्षको फेदमा जल अर्पण गरी सरस्युको तेलमा दियो बाल्नु पर्दछ ।

त्यसपछि ॐ शं शनैश्चराय नमः मन्त्रको १०८ पटक जप गर्दै शनीको आराधना गर्नुपर्दछ । धन प्राप्तिका लागि भने यस्ता भगवानहरुको पुजा अर्चना गर्नु पर्छस् । (लक्ष्मी) भगवतीको ८ वटा शुक्रवार व्रत बस्नु पर्दछ । यस दिन लक्ष्मीको अष्ट स्वरुपको उपासना गर्दै धनलक्ष्मी स्वरुपको आराधना गर्नुपर्दछ ।

व्रतको दिन, दिनभर केवल जलाहार वा फलाहार मात्र ग्रहण गर्नुपर्दछ भने व्रतको मध्यरात्रीमा लक्ष्मीको प्रतिमा वा तस्बिर सम्मुखमा दियो बाल्नु पर्दछ । रातिको समयमा ॐ श्रीं श्रीयै नमः मन्त्रको ११ पटक जप गरी आरती गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *