नेपालमा ९० लाख सलह, अझै थपिने सम्भावना

काठमाडौं । अफ्रिकीबाट भारत हुँदै आएको सलह नेपालको अधिकांश जिल्लामा पुगिसकेको छ । नेपालमा अहिलेसम्म करिब ८० देखि ९० लाखको हाराहारीमा सलह भित्रिसकेको कीट विज्ञको भनाइ छ । कीट विज्ञका अनुसार नेपाल भित्रिएका सलहको झुण्ड विभाजन भएको छ । सलह गएको शनिबार भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको हो । सलह अहिलेसम्म ५२ जिल्लामा पुगेको छ ।

मुलुकमा सलह आउने सम्भावना देखिएसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसको अध्ययन तथा नियन्त्रणको लागि प्राविधिकसहितको कार्यदल बनाएको थियो । कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलहको समूह विभाजन हुँदै बताउनु हुन्छ । समूह विभाजनभएव पछि यसले ठूलो क्षति निम्त्याउने उहाँकाे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *