युट्युब तथा मिडियामा अन्तर्वार्ता नदिने नायिका साम्राज्ञीको घोषणा (भिडियो सहित)
ईटहरी- पछिल्लो समय नेपालि सिनेमा नगरीमा फिल्म छायांकन, प्रदर्शन तथा प्रोमोसनका काम कोरोना महामारीका कारण रोकिएपनि यससंग आबद्ध सिनेकर्मिहरुका कारण यो नगरी सुस्तले बस्न भने पाएको छैन ।
एकअर्का बिच आरोप प्रत्यारोपका कारण कलाकारहरुको चर्चा लकडाउनमा पनि मज्जैले भैरहेको छ । पछिल्लो समय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता तथा निर्माता भुवन केसी बिचको अन्तरद्वन्दले उग्र रुप लिरहेको छ ।
यी २ ले नाम किटान नगरी एक अर्कालाई अप्रत्यक्ष ढंगले आ रोप लगाउदै आएका छन् । यसै बीच नायिका शाहले अर्को एक भिडियो सार्बजनिक गरेकी छन् । जसमा मिडिया माथि नै खन्निएकि छन् ।
आफ्नो ईन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै उनले यो पटक मिडिया तथा युट्युबमा ईण्टरभ्यु नदिने घोषणा गरेकी छन् । यो २ दिनको अवधिमा आफुलाई धेरै मिडियाबाट अन्तरबार्ताको लागि फोन आएको तर आफुलाई सपोर्ट गरेको जस्तो गरेर उचाल्ने अनि समाचारमा हेडलाईनहरु घिन लाग्दो राख्ने कार्यले गर्दा आफु मात्र हैन अन्य कलाकारहरु पनी थाकिसकेको कुरा ब्यक्त गरिन् ।
आफ्नो मुख देखाउदै आफैलाई नराम्रो बनाएर पैसा कमाउनेहरु युट्युबमा टन्नै छन् भन्दै यो पटक आफुले अन्तरबार्ता दिन नमानेको उनले बताईन । हेर्नुस भिडियो ।