एकबिहानै भे’टियो ऐ’ति’हा’सि’क पाँच फिट भन्दा लामो शि’व’लिं’ङ ! शि’व’लि’ङ हेर्नेहरुको ठुलो भीड

सर्लाहीको हरिपुर नगरपालिका वडा नं. १ को जंगलमा पाँच फिट भन्दा लामो शिवलिंङ फेला परेको छ। मुक्तेश्वर सामुदायिक वन भित्रको जंगलमा सोमबार बिहान शिवलिंङ भेटिएको समुहका सचिव निर्मला मैनालीले जानकारी दिए ।

समुदायिक वनले पोखरी निर्माण गर्न ईंटाको थुप्रो हटाउने क्रममा शिवलिंङ फेला परेको हो।

सोमबार जंगलमा भेटिएको शिवलिंङ ऐतिहासिक मुर्तिया मन्दिरसँगै भग्नावशेषमा परिणत भएको स्थनीयको भनाई छ। सामुदियक वनले वन्यजन्तुलाई पानी खुवानका लागि पोखरी बनाउँदै गर्दा मुर्ति भेटसएको हो।

पुराना ईंटाको थुप्रो देखेपछि हटाउने क्रममा विभिन्न प्राचीन समयका कलात्मक रुपमा कुँदिएका ढुङ्गा मुर्ति भेटिएको छ ।

जंगलको बिचमा भेटिएको शिवलिङ जुनसुकै बेला पनि हराउन सक्ने भएकाले संरक्षणका लागि स्थानीय पालिका र प्रशासनले सुरक्षाको व्यवस्था मिलाउनु पर्ने स्थानीय रामबहादुर खड्काको भनाई छ।

पुर्व पश्चिम रागमार्गको नयाँरोडबाट ९ मिटर दक्षिणमा रहेको हरिपुरको जंगलमा अहिले शिवलिङ हेर्नेको भीड लागेको छ।

शिबलिंङ रहेको स्थानमा चाँडै मन्दिर निर्माण गरेर संरक्षण गरिदिने हरिपुर नगरपालिकाका नगर प्रमुख जमीरुदीन मंसुरले आश्वासन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *