रुपन्देहीमा भएको भयानक सवारी दुर्घटनामा प्रहरी जवान र उनका बाबुको मृत्यु

१५ असार, रुपन्देही- रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा न. ६ कलौनी शान्तिटोलमा भएको सवारी दुर्घटनामा एकैघरका बाबुछोराको मृत्यु भएको हो ।

कपिलवस्तुबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशातर्फ गइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल आपसमा ठो’क्किएका थिए।

दिउँसो २ बजेतिर भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार सैनामैना वडा न.१ का ५० वर्षीय टेकबहादुर परियार र ३० वर्षीय सन्तोष परियारको मृत्यु भएको हो ।

मृतक दुवै जना बाबुछोरा रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

सन्तोष कपिलवस्तुमा कार्यरत प्रहरी जवान समेत रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ग’म्भीर घा’इते भएका दुवै जनाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा रहेको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *