काठमाडौंका ६ सहित ४७६ जना संक्रमित फेरी थपिए, १ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६४ पुरुष र ११२ महिला गरी कूल ४७६ मा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका ६ जनासहित ४७६ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन ।

योसँगै सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । तीमध्ये एक हजार ५८६ महिला र ११ हजार ६६२ पुरुष रहेका छन् । त्यस्तै कोरोना निको हुनेको सङ्ख्या ३ हजार १३४ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । हालसम्म नेपालका ७७ वटै जिल्लामा नै कोरोना सङ्क्रमित भेटिएका छन् ।

को हुन् मृतक?

मन्त्रालयलका अनुसार रौतहटका ३० वर्षीय युवकको ललितपुरस्थित एक अस्पतलमा मृत्यु भएको हो। असार १३ उनलाई श्वासप्रश्वासमा कठिनाइ भएपछि स्टार अस्पतालमा भर्ना गरिएको थियो र सोही राति उनको मृत्यु भएको थियो। मरणोपरान्त प्राप्त परीक्षणको प्रतिवेदनमा उनमा कोभिड-१९ भएको पु्ष्टि भएको मन्त्रालयको भनाइ छ। ती व्यक्तिले विगत तीन महिनादेखि फोक्सोको समस्याका कारण विभिन्न अस्पतालमा गराउँदै आएको मन्त्रालयले जनाएको छ।

के छ अरू तथ्याङ्क?

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७,७९१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण२,१४२ गरिएको थियो। यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,२३,६३० पुगेको छ। क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि ५७,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्। सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम, प्रदेश नं ५, कर्णाली र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *